४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने सेवा प्रारम्भ



अ+ अ-

धनुषा । नेपाल आयल निगम लिमिटेडद्वारा आजदेखि जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भर्ने केन्द्रको स्थापना गरिएको छ । हवाई इन्धन भर्ने सेवा उपलब्ध नभएका विमानस्थलमा इन्धन भर्ने सेवा विस्तार गर्दै जाने योजनाअनुरूप निगमद्वारा जनकपुरधाम विमानस्थलमा सो केन्द्रको स्थापना गरिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एक समारोहबीच हवाई इन्धन भर्ने सेवाको प्रारम्भ गर्दै प्रदेश नं २ को हवाई यातायात क्षेत्रको विकासमा यसले टेवा पुर्याउने धारणा व्यक्त गरे । उनले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन हवाई यातायात सेवा शुरु हुने सन्दर्भमा पनि इन्धन भर्ने सेवा महत्वपूर्ण हुने स्पष्ट पार्दै प्रदेश नं २ को विकास अभियानमा एकताबद्ध हुनु जरुरी रहेको बताए ।

प्रदेश नं २ को मानव विकासको सूचकाङ्क चिन्तनीय रहेको चर्चा गर्दै उनले यस प्रदेशको विकास अभियानमा सबै राजनीतिक दलको अग्रसरता आवश्यक रहेको छ ।

मन्त्री यादवले प्रदेश सरकारले जनकपुर चुरोट कारखानालाई जेलमा बन्द गरे झैँ राखेको छ भन्दै आफूले बन्द उद्योग पुनः सञ्चालन गर्ने नीतिअनुरूप जनकपुर चुरोट कारखाना पुनः सञ्चालन गर्ने कुरा गर्दा प्रदेशका एक मन्त्रीले आफूलाई लक्षित गरी दम्भ प्रदर्शन गर्नु दुःखद रहेको बताए ।

मधेशको दुर्दशा देख्दा पीडा हुन्छ भन्दै उनले यहाँ द्वन्द्वको आवश्यकता छैन, कमजोरीलाई सच्याउँदै सकारात्मक सोचका साथ विकास कार्यमा अग्रसर हुनुपर्ने धारणा राखे । प्रदेश नं २ का उद्योग, वन, वातावरण एवं पर्यटनमन्त्री रामनरेश रायले विगतमा जनकपुरधाम विमानस्थलमा हवाई इन्धन भने अन्यत्र जानुपर्ने समस्या रहेकामा सोको आजदेखि अन्त्य भएको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आगामी दिनमा जनकपुरधाम विमानस्थलमा अत्याधुनिक, स्थायी र आफैँ भण्डारण गर्ने केन्द्र स्थापनाका लागि बजेटको विनियोजन भइसकेको जानकारी दिए ।