८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुरूराज घिमिरेकाे मान्छेका कथाहरु कृति सार्वजनिक



अ+ अ-

काठमाडौँः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले परम्परा र संस्कारमा रहन र जान्न चाहने युवा पिँढीका लागि ‘मान्छेका कथाहरु’ कृति निकै महत्वपूर्ण शैक्षिक सामग्रीका रुपमा रहने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेको कृति ‘मान्छेका कथाहरु’ को आज यहाँ आयोजित समारोहमा लोकार्पण गर्दै उहाँले कृतिमा समाजका विभिन्न तह र तप्कालाई उत्प्रेरित गर्ने सकारात्मक सन्देश प्रवाह गर्ने विषयवस्तु समेटिएको भनी लेखकको प्रशंसा गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘मान्छेका कथाहरु’ मा निकै घतलाग्दा विषयवस्तु समेटिएको छ, तपार्इं साहित्यमा मात्र होइन, राजनीतिक क्षेत्रमा पनि निकै भरोसा गरिएको योग्य व्यक्ति हुनुहुन्छ, राजनीतिक र साहित्यलाई सँगसँगै बढाउनुस् शुभकामना छ ।

कार्यक्रममा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरा राजनीतिमा मात्र नभएर विचार, सोच र साहित्यमा समेत दख्खल हासिल गरेका प्रतिभाका रुपमा उदाएका घिमिरेलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “कृतिमा समाजको यथार्थलाई चित्रण गरिएको छ, कतिपय पात्र विशेषलाई क्रान्तिकारी र विद्रोही चित्रण गरिए पनि सकारात्मक दृष्टिकोणबाट अन्त्य गरिएको छ, यस्ता कृतिबाट तत्कालीन समाजको मनोवृत्ति र कस्ता पात्र थिए भन्ने कुरा थाहा पाउन सकिन्छ । अहिले पार्टीभित्र र देशभित्र सकारात्मक चिन्तनको खाँचो छ ।

महामन्त्री सशांक कोइरालाले राजनीति र साहित्यिक क्षेत्रका परिचित व्यक्तित्व विपीले हरेक मान्छेलाई ठूलो होइन, असल बन्नु भनेर प्रेरित गर्नुभएको प्रसङ्ग उल्लेख गर्दै यसपटक घिमिरेलाई राजनीति पाटोबाट पार्टीले न्याय गर्न नसकेको बताउनुभयो ।”

नेकपाका नेता एवं साहित्यकार दीनानाथ शर्माले समाजका सबै पक्षको भावना, समस्या र समाधानको एउटै उपाय समेटिएकोे ‘मान्छेका कथाहरु’ को भाषा सरल र प्रस्तुति निकै मिठास छ भन्नुभयो । नेपाली काङ्ग्रेसकी नेतृ चित्रलेखा यादवले साहित्य समाजको प्रेरणा भएको हुँदा पूर्वी पहाड, तराई मधेशदेखि युरोपसम्मका विषयवस्तु समेटिएका ‘मान्छेका कथाहरु’ले समाजका प्रत्येक मान्छेलाई असल बन्न प्रेरित गरेको बताउनुभयो ।

शमी साहित्य प्रतिष्ठानका संरक्षक एवं पूर्वशिक्षामन्त्री प्रदीप नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काङ्ग्रेका नेताहरु गोपालमान श्रेष्ठ, डा रामशरण महत, डा मीनेन्द्र रिजाल, अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले राजनीतिक क्षेत्रका उज्ज्वल नक्षेत्रका रुपमा रहेका घिमिरेलाई राजनीतिक र साहित्यलाई एकै साथ अघि बढाउन प्रेरित गर्नुभयो ।

प्रकाशन संस्था शमी साहित्य प्रतिष्ठानका अध्यक्ष डोलेन्द्र शर्मा र प्राध्यापक लक्ष्मणले साहित्यले चेतना, चिन्तन र सोचाइमा परिवर्तन ल्याउन योगदान दिने हुनाले समाजमा भएका परिघटनाको माध्यमबाट मानिसलाई असल बनाउन प्रेरित गर्ने सन्देश ‘मान्छेका कथाहरु’ मा रहेको जानकारी दिनुभयो । कथाकार घिमिरेको पाँचौँ कृतिका रुपमा रहेको ‘मान्छेका कथाहरु’ मा १४ खण्ड विभाजन गरिएको छ ।