४ असार २०८३, बिहीबार
,
Latest
गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा हामीले सिंगापुरलाई भेट्टाउन सकेनौं’



अ+ अ-

काठमाडौं । सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो ।

आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।

जितका लागि १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । त्यस्तै दीपेन्द्र सिंह ऐरीले २३ रन बनाए ।

कप्तान पारसले १२ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए ।मध्यक्रमका अन्य ब्याटसम्यानले दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् ।सिंगापुरका लागि सेलाडोर विजयाकुमारले ४ विकेट लिँदै नेपालको ब्याटिङक्रमलाई ध्वस्त बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।

उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो । तर टिम डेभिडले उत्कृष्ट पारी खेले ।

दोस्रो विकेटका लागि रोहन रंगराजनसँग ८९ रनको साझेदारी गरेका उनले तेस्रो विकेटका लागि मनप्रित सिंहसँग ६६ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । डेभिड ७७ रनमा आउट भए । रोहन ४९ र मनप्रितले ४२ रन बनाए ।

नेपालका स्पीनरद्वय बसन्त रेग्मी र सन्दीप लामिछाने निकै महंगो सावित भए । चार ओभर बलिङ गरेका बसन्तले ५४ रन दिए र भने सन्दीपले ३ ओभरमा ३४ रन खाए ।

अभिनाश बोहोराले ४ ओभरमा ३५ रन दिएर ४ विकेट हात पारे भने करण केसीले २६ रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा १५ रन खर्चिए ।

सिंगापुरसँग फराकिलो हारसँगै टी-२० विश्वकप खेल्ने सपना बीचमा नै टुटेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले भनेका छन्, ‘आज हाम्रो दिन थिएन ।’

खेलपछि कप्तान पारसले सिंगापुरले राम्रो ब्याटिङ गरेको बताए । यद्यपि टी-२० विश्वकप वा ग्लोबल छनोट खेल्ने सपना खेल्ने टिमले १९२ रनको लक्ष्य भेट्टाउनुपर्ने भन्दै उनले भने, ‘हामीले राम्रो खेलेनौं । उनीहरुले राम्रो गरे ।’उनले अघि भने, ‘आज हाम्रो दिन थिएन ।’

यता स्पीनर सन्दीप लामिछानले निराशा व्यक्त गरेका छन् ।न्दीपले रिजल्ट निकै निराशाजनक भएको बताए । सिंगापुरले निकै राम्रो क्रिकेट खेलेको भन्दै उनले भने, ‘बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा हामीले भेट्टाउन सकेनौं ।’