२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुसलधारे वर्षा हुँदा मुम्बईको अवस्था बेहाल



अ+ अ-

काठमाडौं । मुम्बई र त्यस वरपरका क्षेत्रमा मुसलधारे वर्षा हुँदा कयैन क्षेत्र जलमग्न भएको छ । त्यसले विमान सेवासमेत यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ ।

भारी वर्षाको कारण एउटा चलिरहेको रेलनै अघि बढ्न सक्ने अवस्था नरहेपछि लामो समय रेलमा सवार यात्रु अड्किए ।

हजारभन्दा बढी यात्रु सवार महालक्ष्मी एक्सप्रेसको एउटा रेल ठाणे जिल्लाको बदलापुर नजिक फसेको थियो । उल्हास नदीमा पानी बढेको कारण महालक्ष्मी एक्सप्रेस ट्रेन फसेको थियो ।

निक्कै कठिनाइपछि कोल्हापुर जाने १७४१२–महालक्ष्मी एक्सप्रेसमा सवार सबै १०५० यात्रीलाई शनिबार उद्दार गरिएको छ । यो ट्रेन शुक्रबार रात मुम्बईबाट कोल्हापुरको लागि हिडेको थियो तर वंगानीभन्दा अगाडि जान सकेनन ।