२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहाल विश्वकै हिरो बन्ने



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा सनसनीपुर्ण खुलासा गरेका छन् । अध्यक्ष दाहालले आफूलाई अन्तर्राष्ट्रिय अपराध अदालतमा पुर्‍याए विश्वकै हिरो बन्ने बताएका हुन् ।

सोमबार आफ्नै निवास खुमलटामा ‘विप्लव’नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय अपराध अदालतको कार्यालय नेदरल्याण्डको हेगमा छ । उनले कार्यकर्ताहरुलाई सम्बोधन गर्दै भने “आफूलाई हेग लगेर झुन्ड्याउने रे भन्ने कुरा सुनेको छु, मलाई हेग लगे त म विश्वकै हिरो हुन्थे, तर कसैले लादैन, यदी कसैले लगे मेरो गर्वको कुरा हो ।’

आफुलाइ हेग पुर्‍याए संसारका जनताले न्यायको पक्षमा रहेको भनेर चिन्ने अवसर हुने बताए । प्रचण्डले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र भइन्जेल हेगमात्र होइन विश्वको जुनै ठाउँमा पुर्याए पनि कुनै फरक नपर्ने बताएका छन् ।

साथै उनले विप्लवलाई क्रान्ति छोडेर शान्तिपूर्ण वार्तामा आउन आग्रहसमेत गरेका छन् । उनले क्रान्ति दुई-चार जनाका कुराले मात्रै नहुने भएकाले विप्लव पनि ढिलो चाँडो नेकपामा आउने बताएका छन् ।