१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा



अ+ अ-

काठमाडौ । कक्षा १२ को नतिजा अब केही बेरमा सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले ५ बजेको बोर्ड बैठक सुरु भएपछि नतिजा सार्वजनिक गर्ने भएको छ ।

बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण प्राप्ताङकलाई रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ । बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।

गत १५ वैशाखदेखि २६ सम्म सम्पन्न परीक्षामा ४ लाख २८ हजार ५२ विद्यार्थी सहभागी भएका थिए । देशभरका १ हजार १ सय ७ परीक्षा केन्द्रमा साधारण तथा प्राविधिक विषय समूहका परिक्षा भएका थिए । वोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको थियो । वोर्डले कक्षा १२ को नतिजा जिपीए का आधारमा प्रकाशन गर्दै आएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा वेबसाइट, एसएमएस र आईभीआर सेवाबाट थाहा पाउन सकिन्छ । शिक्षा मन्त्रालयको moe.gov.np, राष्ट्रिय परीक्षा बोर्डको
www.neb.gov.np र नेपाल टेलिकमको www.neb.ntc.net.np वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ ।

यसैगरी नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमको आईभीआर सेवाअन्तर्गत १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।