२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य सूचना केन्द्रकाे घुसखाेरी बाहिरियाे, अधिकृत गुप्ता पक्राउ



अ+ अ-

काठमाडाैंः अख्तियार दुरूपयाेग अनुसन्धान अायाेगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत (सातौं तह) राम अवतार गुप्तालाइ घुस लिँदै गरेकाे अवस्थामा रंगेहात पक्राउ गरेकाे छ ।

सेवाग्राहीसँग जनचेतनामुलक सामग्रीहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिई कार्य सम्पन्न गरी भुक्तानी गरेपश्चात कमिशन बापत घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगकाे टोलीले रू.१,००,०००।– घुस वापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरेकाे अायाेगका प्रवक्ता प्रदीपकुमार काेइरालाले बताउनुभयाे ।

गुप्तालाइ काठमाडाैं बबरमहलस्थित वन विभागको परिसरबाट नियन्त्रणमा लिइएकाे थियाे ।

नेपाली मिडियामा स्वास्थ्य क्षेत्रसम्बन्धी सरकारी सूचना एवं विज्ञापन वितरण गर्ने जिम्मेवारी त्यही सञ्चार केन्द्रलाइ दिइएकाे छ । तर विज्ञापनमा मनाेमानी हुने र घुसखाेरी व्यापक रहेकाे स्वयं संचार क्षेत्रले गुनासाे गरिरहेकाे थियाे ।