९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालोन डी ओर २०१९ः मेस्सीसँगै रोनाल्डोको प्रबल सम्भावना



अ+ अ-

काठमाडौं । युभेन्टस र देशको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेकाले यस वर्षको बालोन डी ओर अवार्ड पोर्चुगल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले जित्ने आशा गरिएको छ ।

बालोन डी ओरमा रोनाल्डो र अर्जेन्टिना तथा बर्सिलानोका स्ट्राइकर लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा छ । दुवैले पाँच पाँच पटक यो उपाधि जितेका छन् । तर गएको वर्ष मेस्सी र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिड तथा क्रोएशियाका लुका मोड्रिचले बालोन डी ओर अवार्ड आफ्नो नाममा पारेका थिए ।

रोनाल्डोले गएको सोमबार मार्का लेजन्ड अवार्ड पनि जितेका थिए । रोनाल्डोलाई त्यस कार्यक्रममा यसवर्षको बालोन डी ओर जित्नेमा कति सम्भावना छ? भनेर प्रश्न गरिएको थियो ।

‘म सोच्छु यो उपाधि जित्न सकुँ, रियल छाडेपछि मेरो करियर एकदमै राम्रोसँग बितेको छ । ९ वर्षपछि रियल छाड्नु सहज थिएन । ३३ वर्षको उमेरमा नयाँ क्लबमा आबद्ध भएपछि २०१८ —१९ को सिजन मेरो लागि राम्रो सावित भयो किनकि मैले सिरी ए जित्न सकेँ र आफ्नो देशलाई नेसन्स कप पनि दिलाउन सफल भएँ’, जवाफमा उनले भने ।

रियल मड्रिडसँगको ९ वर्षको सम्झौता सकिएपछि रोनाल्डो युभेन्टसमा अनुबन्धित भएका थिए । युभेन्टसमा रहेर सानदार प्रदर्शन गरेका ३४ वर्षीय रोनाल्डो सिरी ए को वर्षको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

पोर्चुगलका स्टार रोनाल्डोले च्याम्पियन्स लिगमा पनि राम्रो प्रदर्शन गरेका थिए । र युभेन्टसलाई क्वार्टरफाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युभेन्टस र एट्लेटिको मड्रिडबीचको खेलमा उनले ह्याट्रिक गरेका थिए ।

यूईएफए नेसन्स लिगमा पोर्चुगललाई उपाधि जिताउनका लागि रोनाल्डोको महत्वपूर्ण योगदान रह्यो । फाइनलमा नेदरल्यान्ड्सलाई हराउँदै पोर्चुगलले उपाधि आफ्नो नाममा पारेको थियो । यही आधारले युभेन्टसका रोनाल्डोले बालोन डी ओर जित्ने अपेक्षा गरिएको हो ।