४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा ६ महिनामा तेह्र सय बढी सर्वसाधारण मारिए



अ+ अ-

काबुल । अफगानिस्तानमा जारी द्वन्द्वमा परी सन् २०१९ को शुरुको ६ महिनाभित्र एक हजार ३६६ सर्वसाधारणको ज्यान गएको छ । साथै अन्य दुई हजार ४४६ जना घाइते भएका काबुलस्थित संयुक्त राष्ट्रसंघीय मिसनले मङ्गलबार जानकारी दिएको छ । तर सन् २०१८ मा यसै समयमा भएको नागरिक हताहत सङ्ख्या भन्दा २७ प्रतिशतले घटेको मिसनले बताएको छ । राष्ट्रसंघले सन् २०१९ को जनवरी १ देखि जुन ३० सम्ममा अफगानिस्तानमा जारी द्वन्द्वको क्रममा भएको मानवीय क्षतिको विषयमा मङ्गलबार प्रकाशित एक प्रतिवेदनमा उक्त जानकारी दिइएको छ ।

यस सशस्त्र द्वन्द्वमा परी सन् २०१९ जुन ३० सम्म चारसय ३० जना महिलाको मृत्यु वा अंगभंग भएको छ । ती महिलामा एक सय ४४ जनाको मृत्यु भएको र अन्य २ सय ८६ जना घाइते भएका छन् । यो सङ्ख्या सन् २०१८ को यसै समयको तुलनामा २२ प्रतिशतले घटेको हो ।

सन् २०१९ को शुरुको ६ महिनामा भएको यस द्वन्द्वमा परी तीन सय २७ बालबालिकाको मृत्यु हुनुका साथै अन्य आठ सय ८० जना घाइते भएका थिए । बालबालिकाको यो हताहत सङ्ख्या उच्च भएको र सर्वसाधारणको हताहतको ८४ प्रतिशत बालबालिका नै रहेको जनाइएको छ ।

सो मिसनका अनुसार अध्ययन गरिएको उक्त समयमा ५२ प्रतिशत सर्वसाधारण मारिएका छन् भने ३७ प्रतिशत सुरक्षाकर्मीको ज्यान गएको छ