९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतबाट भागेका भारतीय नागरिक आठ दिनपछि पक्राउ



अ+ अ-

सिमरा । बाराको सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएका एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।भारत बिहार मोतिहारी जिल्ला लिपनी ग्राम पञ्चायत, वडा नं ४ बेल्पा टोल बस्ने १९ बर्षिय फिरोज मियाँ पक्राउ परेका हुन् ।

सिम्रौनगढ नगरपालिका वडा नं ३ नयकाटोल बस्ने गौरीशंकर यादवको जाहेरीको आधारमा चोरी (बगली मारेको कसुर) मा उनी साउन ३ गते पक्राउ परेका थिए । प्रहरीले बारा जिल्ला अदालतबाट अनुमति लिएर इलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर अनुसन्धान गरिरहेको थियो ।

सोही क्रममा गत साउन ७ गते खाना खुवाउन थुनुवा कोठाबाट बाहिर निकाल्ने क्रममा फरार भएका भारत मोतीहारी लिपनीका ४ बेलवाका १९ वर्षीय मियालाई ८ दिनपछि गौर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

मिया फरार भएपछि प्रहरीले उनको खोजी नेपाल र भारतको विभिन्न स्थानमा गरिरहेको थियो।गौर बजारमा हिँडिरहेको अवस्थामा मियालाई जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

प्रहरी लापरवाहीका कारण हिरासतमा रहेका व्यक्ति फरार भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले सिम्रौनगढस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार शशिकान्त चौधरी र प्रहरी जवान अशोक साहलाई सोही दिन निलम्बन गरेको थियो ।

प्रहरी प्रवक्ता राठौरले मियालाई चोरी मुद्धासँगै हिरासतबाट फरार भएको अभियोगमा समेत कारवाही प्रक्रिया अघि बढाउने बताए।