१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्णय सच्याउँदै प्रदेश सरकार



अ+ अ-

काठमाडौं । प्रदेश ३ सरकारले सवारीसाधन नवीकरणमा शतप्रतिशत जरिवाना लिने ऐन संशोधन गर्दै प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश सरकारले १ साउनबाट लागू हुने गरी प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, ०७५ मा नवीकरणका लागि म्याद गुज्रिएपछि शतप्रतिशत जरिवाना लिने व्यवस्था गरेको थियो ।

प्रदेश सरकारले ऐन कार्यान्वयनमा ल्याएपछि चर्को विरोध र आलोचना हुनासाथ मुख्यमन्त्री डोरमणि पौडेलको सक्रियतामा समिति गठन गरेर संशोधन प्रक्रिया अघि बढाएको एक सातामै संशोधित ऐन प्रदेश सभामा पेस गर्ने तयारी गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संशोधन ऐन स्वीकृत गरेपछि प्रदेश सभामा पेस गर्ने बाटो खुलेको हो । प्रदेश सरकारले संशोधित ऐनमा के–कस्तो व्यवस्था गरिएको छ, भन्ने जानकारी दिएको छैन ।

शतप्रतिशत जरिवाना लिने व्यवस्था कार्यान्वयन भएपछि चर्को आलोचनालाई मध्यनजर गर्दै मुख्यमन्त्री पौडेलले सम्बन्धित मन्त्रालयका सचिव, प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, उपसचिव र विज्ञलाई समेटेर समिति गठन गर्दै तीव्र गतिमा ऐन संशोधनको प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । भौतिक पूर्वाधार विकास मन्त्रालय कौशलकिशोर झाले संशोधित ऐनमा अधिकतम ३२ प्रतिशत जरिवाना लिने व्यवस्था हुने बताएका थिए । उनले नयाँ पत्रिकासँग एक सातामै ऐन तयार गरेर साउन मसान्तभित्र प्रमाणीकरण हुने दाबी गरेका थिए ।

ऐन स्वीकृत, प्रदेश सभा अनिश्चित
मंगलबार मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ संशोधन स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट ऐन स्वीकृत भएपछि प्रदेश सभामा दर्ता हुनेछ । तर, प्रदेश सभा सचिवालयले हालसम्म बैठक बोलाएको छैन । असार १२ गते चालू आवका लागि पेस गरिएको बजेट पारितसँगै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक बोलाउन लागि सचिवालयले सांसदहरूलाई सूचित गरेको छैन ।

यता सरकारले ऐन स्वीकृत गरेर प्रदेश सभामा पेस गर्ने तयारी गरिसकेको अवस्थामा प्रदेशसभा सचिवालयले बैठक बोलाउने मिति तय नगर्दा साउन मसान्तभित्र ऐन प्रमाणीकरण हुने अवस्था देखिँदैन । सभामुख सानुकुमार श्रेष्ठले वर्षाका कारण बाटो अवरुद्ध र समयानुकुल नहुँदा बैठक नबोलाइएको दाबी गरेका छन् ।

एक सातामा निर्णय सार्वजनिक गरिने
मन्त्रिपरिषद्को निर्णय बैठक सकिनासाथ सार्वजनिक नगर्ने प्रदेश सरकारले तयारी गरेको छ । एक सातापछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने सरकारले तयारी गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए । मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखेर सूचना दिने सवालमा एक हप्ता लम्ब्याउने प्रयास गर्दै संघीय सरकारको सिकोप्रति मकवानपुरका सञ्चारकर्मीले आपत्ति जनाएका छन् ।

पहिरोपीडितलाई १० दिनको तलब
प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलसहित पाँचजना मन्त्रीले प्रदेश ३ का बाढीपहिरो पीडितका लागि १० दिनबराबरको तलब सहयोग गर्ने मन्त्रिपरिषद् बैठकमा निर्णय गरिएको छ । बाढीपहिरो पीडितका लागि राहत स्वरूपमा उपलब्ध गराउने सहयोग रकम प्रदेश सरकारको विपद् व्यावस्थापन कोषमा जम्मा गर्ने निणय गरिएको बैठकमा सहभागी मन्त्री ढुंगेलले जानकारी दिएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।