.गुलरिया । नेपाल सरकार बादी रहेको मुद्धाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ परेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–४ का ५७ वर्षीय वलीराम खुना थारुलाई प्रहरीले पक्राउ गरेको छ।
रत्नबहादुर भन्ने रत्नकली विकको कर्तव्यज्यान मुद्धामा सर्वोच्च अदालतको ०६७ सालफागुन ०३ गतेको फैसला आदेशले थारुमाथि १७ वर्ष ७ महिना १५ दिनको कैद सजाय सुनाएको थियो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराका अनुसार पक्राउ गरिएका थारुलाई बर्दिया जिल्ला अदालतमा पठाइएको छ।