२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोमा पत्रकारको हत्या



अ+ अ-

मेक्सिको सिटी । मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् । सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।

गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ । उनको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो ।

रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चार माध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत थिए ।

मेक्सिकोमा यसै वर्ष रोजेलियो समेत सात जना पत्रकारको हत्या भइसकेको छ । सन् २००० यता मात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ । यी अधिकांश हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन् ।

मेक्सिकोमा अधिकांश हत्याको स्वतन्त्र र बलियो अनुसन्धान नहुने तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन । गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो । मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय शहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो ।