४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषधसहित एकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको प्रहरी टोलीले बाराबाट काठमाडौँ आउँदै गरेको ना५ख ४१९१ नंको बस जाँचका क्रममा लागुऔषधसहित बारा कलैयाका १६ वर्षीय राजु चौधरीलाई आज बिहान पक्राउ गरेको हो ।

प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले पक्राउ चौधरीसँग नुर्फिन ९६ एम्पुल, फेनार्गन ९८ एम्पुल र डाइजेपाम ९८ एम्पुल बरामद गरेको जानकारी दिए ।

नागढुङ्गा प्रभागले बुधबार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना८ख १३६ नंको बस जाँचका क्रममा १२१ ग्राम खैरो हिरोइनसहित नेपालगञ्जका ५५ वर्षीय अब्दुल सलामलाई पक्राउ गरेको थियो । पक्राउ चौधरीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग थानकोट पठाएको प्रभागले जनाएको छ ।