१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफू अपहरणमा परेको हल्ला चलाएको आरोपमा दुई जना पक्राउ



अ+ अ-

वीरगन्ज । आफू अपहरणमा परेको हल्ला चलाएको आरोपमा दुई जना पक्राउ परेका छन् पक्राउ पर्नेमा पर्साको विन्दवासिनी गाउँपालिका–४ मधुवल घर भएका २३ वर्षीय उपनेस चौरिसया र उत्तम भनिने निरन्जन तिवारी रहेका छन् ।

मंगलबार (साउन १४ गते) चौरिसया घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका थिए ।सोही दिन उनी सीमावर्ती भारतीय शहर रक्सौल पुगे । केही साथीलाई पनि त्यहाँ बोलाए ।

घरबाट आफैं मोटरसाइकल चलाएर निस्किएका उपनेशबारे वीरगन्जमा हल्ला अपहरणमा परेको हल्ला चलेको थियो।उपनेशको अपहरण भएको भन्ने हल्ला चलेपछि प्रहरीले उनका साथी उत्तम भनिने निरन्जन तिवारीलाई नियन्त्रणमा लिएर सोधपुछ थाल्यो ।

प्रहरीले सोधपुछ शुरु गरेपछि निरन्जनले वास्तविक कुरा बताएका थिए । जिल्ला प्रहरी कार्यालयका पर्साका अनुसार अहिले दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।