९ आश्विन २०८१, बुधबार
,
Latest
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अतिरञ्जित ढङ्गले समाचार आयो: प्रदेश सरकार



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पूँजीगत खर्च बढाउन वर्षको अन्तिममा आएर मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भन्ने समाचार असत्य रहेको बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका मन्त्री शाहले मन्त्रालयमा विभिन्न सवारीसाधन खरीद गर्नुपर्ने आवश्यकता देखिएकाले जनताको सेवा र सुरक्षाका लागि प्रचलित ऐन र मापदण्डभित्र रहेर प्रदेश सरकारले सवारीसाधन खरीद गरेको स्पष्ट पारे ।

उनले भने, “पूँजीगत खर्च बढाउनका लागि मन्त्रीले आफ्ना लागि गाडी खरीद गरेको भनेर अतिरञ्जित र अनर्गल ढङ्गले सञ्चारमाध्यममा आएको समाचार असत्य हो ।”

प्रदेश सरकारले १६ थान अत्याधुनिक एम्बुलेन्स, प्रदेश प्रहरीका लागि नौ थान जीप, विभिन्न मन्त्रालय र कार्यालयका लागि ३३ मोटरसाइकलसहित जम्मा ५३ थान गाडी खरीद गरेको उनले जानकारी दिए ।

प्रदेश सरकार र मातहतका मन्त्रालय, निकायको गत आर्थिक वर्ष २०७५÷७६ मा पूँजीगत र चालू खर्चको प्रगति ५९ दशमलव ५५ प्रतिशत भएको पनि उहाँले पत्रकार सम्मेलनमा जानकारी दिए ।