१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा १२ वर्षीय बालकले गरे आत्महत्या



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा एक १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडाले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन्।

टाईले घाँटीमा पासो लगाई बुधबार बेलुका झुण्डिरहेको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । झुण्डिरहेको अवस्थामा उनका बुवाले देखेपछि अस्पताल पुर्‍याइएका सन्देशलाई चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

पोस्टमार्टमपछि शव आफन्तलाई बुझाएको भक्तपुर प्रहरीले जनाएको छ।