९ आश्विन २०८१, बुधबार
,
Latest
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भद्रपुर विमानस्थलबाट गोलीसहित एकजना पक्राउ



अ+ अ-

झापा । जिल्ला प्रहरी कार्यालय झापाले भद्रपुर विमानस्थलबाट गोलीसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

बिहीबार दिउँसो सौर्य एयरलाइन्सबाट काठमाडौंको लागि हिँडेका इलाम सुर्योदय नगरपालिका–४ श्रीअन्तु घर भएका ३८ वर्षीय सुरेश राई बिमानस्थलमा जेकचाँचका क्रममा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार उनको साथबाट थ्रीनट थ्री राइफलमा प्रयोग हुने १ थान गोली पनि बराबद गरिएको छ ।

राईले के प्रयोजनका लागि गोली बोकेर हिँडेका हुन् भन्ने बारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको प्रवक्ता श्रेष्ठले जानकारी दिए।