१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिचौलियाको गोजीमा अधिकृतको छाप !



अ+ अ-

काठमाडौं । केही वर्ष साउदी अरब बसेर फर्किएका ताप्लेजुङका खिबराज मिश्र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेची पुगे । तर, कर्मचारीबाट यो काम गराउन सकेनन् । ‘दुई दिन झापा बसेँ, काम भएन,’ उनले भने । अन्ततः उनले हरेस खाएर बिचौलियालाई पाँच सय दिए । तुरुन्तै काम भयो ।

यातायात व्यवस्था कार्यालय मेची पुग्ने जोकोहीले यही समस्या भोग्नुपर्छ । कार्यालयमा सेवाग्राहीले सेवा कम, दुःख बढी पाइरहेका छन् । बिचौलिया को हुन्, कर्मचारी को हुन् छुट्याउन गाह्रो पर्छ । यो कार्यालयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही आउँछन् । सवारी अनुमतिपत्र नवीकरण, प्रतिलिपि, नामसारी दर्ता, अञ्चलीकरण सरुवा दर्तालगायत काम सेवाग्राहीले आफैँ गराउन सक्दैनन् । बिचौलियाको हात नसमातेसम्म कुनै पनि काम गराउन सकिन्न । यसबाट सर्वसाधारण दिक्क भएका छन् ।

कार्यालयमा २० जनाभन्दा बढी बिचौलिया छन् । सरकारी कर्मचारीझैँ उनीहरू बिहान १० बजे नै कार्यालय पुग्छन् । दिनभर काम गर्छन् । र, साँझ घर फर्किन्छन् । रोचक कुरो त के छ भने कार्यालयका अधिकृतको छाप बिचौलियाले आफ्नै गोजीमा बोकेर हिँडेका हुन्छन् । कार्यालयको जुनसुकै कोठामा पनि बिचौलियालाई प्रवेश छुट छ । कतिपय सेवाग्राहीको काम गर्दा ढड्डा पल्टाएर रेकर्ड हेर्नुपर्ने हुन्छ । ढड्डा भएको कोठामा कर्मचारी भेटिँदैनन् । त्यहाँ बिचौलिया मात्र ढड्डा पल्टाइरहेका हुन्छन् ।

कार्यालयका अधिकांश कर्मचारी बिचौलियाझैँ सादा पोसाकमा आउँछन् । तसर्थ सेवाग्राहीले कर्मचारी र बिचौलिया नै छुट्याउन सक्दैनन् । काम गरिदिएबापत बिचौलियाले सेवाग्राहीबाट मनलाग्दी रकम असुल्छन् । तर, बिल दिँदैनन् । तलदेखि माथिसम्मै सेटिङ छ, यातायात कार्यालयमा । कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार रुखो छ । काम सम्पन्न हुँदासम्म दर्जनौँपटक कर्मचारीको हप्की सहनुपर्छ ।

हरेक दिन सहकारीमा पैसा जम्मा गर्छन् कर्मचारी
यातायात कार्यालयका कर्मचारीले हरेक महिना तलब पाउँछन् । तर, उनीहरू हरेक दिन सहकारीमा बचत गर्छन् । केही सहकारीका ‘कलेक्टर’हरू दिनहुँ यातायात कार्यालयका हरेक कोठामा पुग्छन् । अधिकांश कर्मचारीले तीन सयदेखि पाँच सय रुपैयाँसम्म दैनिक बचत गर्छन् । सर्वसाधारणबाट घुसबापत लिएको रकम हरेक दिन सहकारीमा बचत भइरहेको छ ।

स्वास्थ्य परीक्षणमा लापरबाही
सवारीचालक अनुमतिपत्र लिन आवेदन दिँदा गरिने स्वास्थ्य परीक्षणमा पनि चरम लापरबाही छ । सवारीचालक अनुमतिपत्रका लागि गरिएको स्वास्थ्य परीक्षणमा सेवाग्राहीले डाक्टरको अनुहार पनि देख्न पाउँदैनन् । यातायात कार्यालयको अनुसूचीमा छारेरोग, आँखा, रगत परीक्षण गर्नुपर्ने उल्लेख छ । तर, यातायात व्यवस्था कार्यालयमा यी सबै जाँच दुई मिनेटमै हुन्छ ।

कार्यालको अव्यवस्थाबारे कुरा गर्न बुधबार नयाँ पत्रिकाकर्मी पुग्दा कार्यालय प्रमुखको कार्यकक्ष खाली थियो । चैतयता यो कार्यालयमा प्रमुख छैनन् । तत्कालीन कार्यालय प्रमुख खरुदेव चुडाल कन्काई नगरपालिकामा सरुवा भएर गएपछि भर्खरै आएका मेकानिकल इन्जिनियर गोपीचन्द्र बोहोरा कामचलाउ प्रमुख छन् । उनी लहानस्थित यातायात व्यवस्था कार्यालयबाट आएका हुन् ।

‘कार्यालय प्रमुख नभएपछि सिनियरका आधारमा मैले नै हेर्नुपरिरहेको छ,’ बोहोराले भने, ‘कार्यालय प्रमुखसरह सेवा–सुविधाचाहिँ हुँदैन, म कामचलाउ प्रमुख हुँ ।’ दैनिक चार सयभन्दा बढी सेवाग्राहीको काम गर्नुपर्ने, तर जनशक्ति कम भएको उनको भनाइ थियो । कार्यालयका कर्मचारीले सहकारीमा दैनिक बचत गरिरहेको विषयमा उनले अनभिज्ञता प्रकट गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।