२० भाद्र २०८३, शनिबार
,
Latest
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरिया–जापान व्यापार संकट : दुबै देशबीच आरोप–प्रत्यारोप



अ+ अ-

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति शुक्रबार भत्र्सना गरेका छन् ।

उनले जापान सरकारको कदम निकै असंवेदनीय रहेको बताउँदै कोरियाले जापानी कदमको प्रतिवाद गर्ने स्पष्ट पारे ।

मन्त्रिपरिषदको बैठकमा सम्बोधन गर्दै राष्ट्रपति मूनले भने, ‘टोकियोको कदम स्वार्थप्रेरित, ध्वंसात्मक कार्य रहेकाले त्यसले विश्वकै आपूर्ति प्रणालीलाई कमजोर बनाउनेछ, र यसबाट विश्व अर्थव्यवस्थामा त्रासको वातावरण सिर्जना हुनेछ ।’

राष्ट्रपति मूनले व्यापारका क्षेत्रमा उत्पन्न बढ्दो तनाव र संकटको अवस्था अन्त्य गर्न जापानले जतिसक्दो चाँडो आफ्ना निर्णय सच्याउन पनि आग्रह गरे । उनले जापान र कोरियाबीचको व्यापारका क्षेत्रमा उत्पन्न तनाव सुल्झाउन वार्तामार्फत् सहमति गर्नुपर्नेमा जोड दिए ।

जापान र दक्षिण कोरिया दुबै लोकतान्त्रिक र अमेरिकी गठबन्धनका मुलुक रहेपनि दुबैबीच पारम्परिक शत्रुता र भूगोलका विषयलाई लिएर द्वन्द्व छ ।

कोरियाली राष्ट्रपति मूनले जापानसँगको व्यापारमा जापानका सरोकारलाई ध्यान दिन आफूहरु तयार रहेको बताएका छन् । गत वर्ष कोरियाले जापानसँग करिब ८५ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको थियो ।

जापान सरकारले शुक्रबार दक्षिण कोरियालाई दिएआएको विशिष्ट निर्यातक मुलुकको दर्जा हटाउने निर्णय गरेको थियो । जापानले कोरियासँग पुरानो शत्रुताका आधारमा नभई पछिल्लो कदम राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषय मात्र रहेको स्पष्ट गरेको छ ।

अमेरिकाले दुबै मुलुकलाई शान्त रहन आग्रह गरेपनि यही विषयलाई लिएर विवाद चुलिएको छ । जापानको पछिल्लो कदम कार्यान्वयनमा आएमा आगामी अगष्ट २८ देखि संवेदनशील वस्तुको सूचीका सयौं वस्तुको निर्यातमा कडाई गरिनेछ । विज्ञहरुले जापानको यो कदम अर्थतन्त्र भन्दा अन्य कारणबाट बढी संवेदनशील रहेको बताएका छन् ।

नोमुरा सेक्युरिटीजका वरिष्ट अर्थशास्त्री हाजिमे योशिमोतोले जापानको यस कदमबाट दक्षिण कोरियाली अर्थतन्त्रमा सीमित असर पार्ने बताए । जापानी अर्थ मन्त्रालयका अनुसार धेरैजसो प्रमुख जापानी निर्यातकहरुले पहिल्यैदेखि विशेष अनुमति लिइसकेका छन् ।

जापानले गत महिना दक्षिण कोरिया निकासी हुने मुख्यरुपमा तीन किसिमका सामानको निर्यातमा कडाई गर्न थालेको थियो । यी सामानहरुमा दक्षिण कोरियाली चिप तथा स्मार्टफोन उद्योगसँग सम्बन्धित रहेका थिए ।




भर्खरै