२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदन खुलाउन सभामुखको प्रयास जारी



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको जारी अवरोध खुलाउने उद्धेश्यले सभामुखज्यूले अाज दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेेेेका छन् ।


सिंहदरबारस्थित कार्यकक्षमा सभामुख महराले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजय गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, प्रतिपक्ष राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र नेता लक्ष्मणलाल कर्ण, सत्ता पक्षका तर्फबाट प्रमुख सचेतक देव गुरूङसँग छलफल गरेेकाा हुन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसँग फोनमा सहमतिका लागि सत्ता पक्षबाट पहल गर्न अाग्रह गरेेेका छन् । छलफल सकारात्मक भएको र भोलि सोमबारदेखि जारी गतिरोध खुल्ने सभामुख महराले अाशा गरेको बताए ।

प्रतिनिधि सभाको बैठक भोलि (सोमबार) बिहान ११ बजे बोलाइएको छ । १६ गते बसेको सर्वदलीय बैठकले सहमतिका लागि प्रयास गर्ने निर्णय गरेअनुसार १६ गते बोलाइएको बैठक सूचना टाँस गरि स्थगित गरिएको थियो ।