१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक शौचालय बनाउन महानगरले जग्गा भेटेन



अ+ अ-

काठमाडौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा खोजिभइरहेको जनाएको छ । तत्कालका लागि १२ स्थानमा शौचालय निर्माण गर्ने योजनामा रहेको महानगरले उपयुक्त ठाउँमा जग्गा प्राप्त भइनसकेको बताएको छ ।

काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार सार्वजनिक शौचालयको डिजाइनसमेत तयार भइसकेको छ । ‘सार्वजनिक शौचालय सबैको आवश्यकता हो । तर, हाम्रो दिमाग सार्वजनिक शौचालय भन्नेबित्तिकै दुर्गन्ध भन्ने परेको छ,’ बस्नेतले भने, ‘सोही कारण आफू बसेको आसपासका स्थानमा सार्वजनिक शौचालय बनाउन इन्कार गर्नेहरू देखिएका छन् ।’

उनले भिडभाड हुने र उपयुक्त स्थान पहिचान गरी शौचालय निर्माण गरिने बताए । ‘मानिसले नदेख्ने ठाउँमा शौचालय बनाउने कुरा हुँदैन । त्यसैले, अहिले हामीले जग्गा खोजिगरिरहेका छौँ,’ उनले भने, ‘जग्गा प्राप्त हुनासाथ शौचालय निर्माणको थालनी हुन्छ ।’ उनका अनुसार निजी क्षेत्रले समेत सार्वजनिक शौचालय बनाउने इच्छा देखाएका छन् । ‘एउटै प्याकेजमा शौचालय निर्माण गर्ने योजना छ । बैंकहरूले समेत इच्छा देखाएका छन् । जग्गा प्राप्त भएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,’ बस्नेतले भने ।

काठमाडौंमा ५८ सार्वजनिक शौचालय, २८४ आवश्यक
महानगरमा अहिले ५८ वटा सार्वजनिक शौचालय छन् । अहिले भएका शौचालयसमेत व्यवस्थित छैनन्, सार्वजनिक शौचालय शौच गर्न योग्य नभएको गुनासा आइरहेका छन् । सार्वजनिक शौचालय नबनाएको र भएकालाई पनि व्यवस्थित गर्न नसकेको भन्दै महानगरपालिकाको आलोचना हुँदै आएको छ । महानगरले केही समयअघि बनाएको कार्यदलले भने महानगर क्षेत्रमा दुई सय ८४ स्थानमा सार्वजनिक शौचालय आवश्यक रहेको निष्कर्ष निकालेको थियो ।

५० रेस्टुरेन्टसँग सहमति
महानगरपालिकाले सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै विभिन्न सपिङ मल र रेस्टुरेन्टहरूसँग सहकार्य गरी शौचालय सुविधा प्रदान गर्ने भएको छ । त्यसका लागि ‘अहिले ५० वटा रेस्टुरेन्ट सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिन सहमत भएका छन् । त्यहाँ खाना, खाजा नखाई पनि शौच गर्न सकिन्छ । कसरी प्रयोग गर्ने भन्नेबारेमा छलफलमै छौँ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।