२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुडासैनी मृत्यु प्रकरण : होटेल सञ्चालक प्रहरीको फन्दामा



अ+ अ-

काठमाडौं । सञ्चारकर्मी शालिग्राम पुडासैनी नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा मृत फेला परेका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका हुन् । परिवारका सदस्यले उनको हत्या भएको आशंका गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने अनुसन्धानपछि मात्र हत्या हो वा आत्महत्या भन्ने खुल्ने जानकारी दिए ।

डेढ वर्षअघि न्युज २४ बाट पत्रकारिता सुरु गरेका पुडासैनी हाल माउन्टेन टिभीमा कार्यरत थिए । पुडासैनीको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने भएको छ । प्रहरी र परिवारका सदस्यबीच त्यस्तो सहमति भएको एसपी मल्लले बताए । ‘यही पनि पोस्टमार्टम हुन्छ, तर आफन्तले काठमाडौं नै लैजाने भने पछि हामीले पनि हुन्छ भनेका हौँ,’ एसपी मल्लले भने । मृत्युको कारण पनि पोस्टमार्टमको रिर्पोट आएपछि मात्रै थाहा हुने भएकाले अहिले नै केही भन्न नसकिने उनले बताए ।

घटना सार्वजनिक भएलगत्तै भरतपुर अस्पतालका फरेन्सिक चिकित्सक र जिल्लास्थित सरकारी वकिलसमेत घटनास्थलमा पुगेका थिए । घटना रहस्यमय भएकाले थप प्रमाण जुटाउन प्रहरी सक्रिय रहेको एसपी मल्लले बताए । सोमबार दिउँसो दुई बजे होटेल पुगेका पुडासैनी बेलुकीको खाना खान नआएपछि बोलाउन जाँदा झुन्डिएको अवस्थामा फेला पारेको होटेलका कर्मचारीले बताए ।

होटेल सञ्चालकविरुद्ध किटानी जाहेरी

मृतकका परिवारले मंगलबार नै चितवन प्रहरीमा किटानी जाहेरी दिएका छन् । कंगारु होटेलका सञ्चालक यज्ञबहादुर कार्कीविरुद्ध आफन्तले किटानी जाहेरी दिएको प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले जानकारी दिए ।

जाहेरी परेलगत्तै प्रहरीले कार्कीलाई पक्राउ गरेको छ । ‘प्रारम्भिक अनुसन्धानका लागि होटेल सञ्चालकलाई नियन्त्रणमा लिएका हौँ, डिएसपी कोइरालाले भने, ‘थप प्रमाण जुटाउन थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउँछौँ ।’ चितवनमा दुई साताको फरकमा तीनवटा रहस्यमय घटना भएका छन् । गत साता सौराहास्थित एक होटेलको स्विमिङ पुलमा एक पुरुष डुबेको अवस्थामा फेला परेका थिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।




भर्खरै