१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपहाडी खोल्न २ साता लाग्ने



अ+ अ-

बागलुङ । गत आइतबार बडिगाड खोलाले बगाएको मध्यपहाडी लोकमार्ग तत्काल खुलाउन नसकिने भएको छ । राजमार्ग खुलाउने विकल्पको खोजी भइरहेको र सामान्य परिस्थिति भएमा १५ दिनमा खुलाउन सकिने प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए । पहरो फोड्न सके १५ दिनमा एकतर्फी सडक खुलाउन सकिने प्राविधिकले बताएको उनले जानकारी दिए ।

गत वर्ष खसेको पहिरोले थुनिएको बडिगाड खोलाले बनाएको तुरतुरे ताल फुटेपछि यहाँको २ सय मिटर राजमार्ग बगाएको हो । त्यहाँ पहरा फोड्नुपरेको अवस्था छ । लोकमार्गको बागलुङका अधिकांश स्थान निर्माणाधीन छ । गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ ।

सदरमुकाम, राजधानी र बुटवलदेखि आएका दर्जनौं सवारीसाधन भीमगिठे बजारमै रोकिएपछि यात्रु पैदलयात्रागर्न बाध्य छन् । दुई साताअघि नै यहाँको सडकको दुई ठाउँमा पहिरो खसेको थियो ।

‘सामान्य मर्मत गर्न सकिन्छ कि भनेर आएका थियौं, सबै बगाएपछि अन्योलमा परियो,’ मध्यपहाडी लोकमार्ग आयोजनाको बागलुङ खण्ड हेर्ने इन्जिनियर किरण श्रेष्ठले भने, ‘जतिसक्यो छिटो डाइभर्सन बनाउन खोजेका छौं ।’ ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको समन्वयमा छोटो र छिटो मार्ग खुलाउन दुवैतर्फबाट एस्काभेटर प्रयोग गर्न थालेको उनले सुनाए ।

पहरो भएकाले सोचेजस्तो काम नभएको जनप्रतिनिधिले बताए । ‘जनतालाई राहत दिनका लागि तत्कालै पहल भएको छ, तर पहरा भएकाले सास्ती छ,’ बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले भने, ‘विकल्पको बाटो बनाउन आयोजना मान्दैन ।’ आयोजनाले हालकैट्र्याक आसपासमा मात्र खन्ने भनेको उनले बताए ।

विकल्पको बाटो दिँदा ३ किमि नयाँ ट्र्याक खोलेर सडक जोड्न सकिने पाइजा बताउँछन् । इन्जिनियर श्रेष्ठले भने पाइजाले देखाएको ट्र्याक खोल्दा राजमार्गको अन्य खण्ड पनि जोखिम हुने बताए । ‘त्यो ट्र्याक खोल्दा जिप मात्र चलाउन सकिन्छ,’ श्रेष्ठले भने, ‘पहिरो खसेर थप जोखिम निम्तन्छ ।’ तत्काल ट्र्याक खोल्न नसके तीनवटै तहमा दैनिक उपभोग्य सामग्री र खाद्यान्नको समस्या पर्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए ।

अहिले पैदलयात्रीले दुई घण्टा घुमाउरो बाटो यात्रा गरिरहेका छन् । गत वर्ष खसेको पहिरो झन्डै ५ सय मिटर लामो खण्ड अझै जोखिममै परेको छ । गत वर्ष पनि यहाँ एक महिनासम्म राजमार्ग अवरुद्ध भएको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।