२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले भन्यो : ‘ट्रेड युनियन खारेजी मान्य छैन’



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आधिकारिक ट्रेड युनियन बाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि माग प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत भएको दाबी गरेको छ ।

कांग्रेसले गोंगवु बसपार्कको प्रकरणप्रति पनि आपत्ति जनाउँदै सत्यतथ्य खोजी गरी कार्वाही गर्न माग पनि गरेको छ । सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकताविपरीत सरकारी जग्गामा रहेको कुराले कांग्रेसलाई दुखित तुल्याएको भन्दै कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरणप्रति पनि आपत्ति जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पछिल्लो समय चर्चाको विषय बनेको टे«ड युनियन खारेजी, गोंगवु बसपार्क प्रकरण, नेकपाले कांग्रेसलाई हेर्ने दृष्टिकोण तथा नेकपाको पार्टी कार्यालय सरकारी जग्गामा रहेको विषयबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुभएको थियो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, संचालन र संवादका सर्त’ सम्बन्धी विधेयकको बारेमा प्रवक्ता शर्माले भन्नुभयो– ‘यो विधेयको दफा १२० को उपदफा ६ ले आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत छ ।’

ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न भन्दै उहाँले भन्नुभयो— ‘नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्थालाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा रहने छ ।’

गोंगवु बसपार्क प्रकरणप्रति कांग्रेसको ध्यान गम्भीर ढंगले आकर्षित भएको बताउदै प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा तथ्यको जगमा सत्यको खोजी गरी कार्वाही गर्न माग गर्नुभएको थियो । जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित भएको भन्दै उहाले अहिले त्यसभन्दा विपरीत बन्न पुगेको दावी गर्नुभयो ।

‘गोंगवु बसपार्क जाइकासँगको सहमतिभन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १ सय ६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ’, प्रवक्ता शर्माले भन्नुभयो— ‘नेपाली कांग्रेस यस सम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कार्वाही प्रकृया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेकपाले कांग्रेसलाई हेर्ने दृष्टिकोण बारे चर्चा गर्दै नेकपाको दस्तावेजमा अहिले आएको कुरालाई दृष्टिदोषको संज्ञा दिनु भएको छ । ‘नेपाली कांग्रेसलाई हेर्ने नेकपाको प्रतिवेदनमा उल्लेखित विवरण बारे पार्टीको जारी बैठकबाट थप टिप्पणी आउने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।