१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रणमा चुनौती थपिँदै



अ+ अ-

काठमाडौँ । पछिल्लो पटक धरानलाई मात्रै डेंगु प्रभावित क्षेत्र मानेर संक्रमण दर रोक्न कार्यक्रम सञ्चालन भइरहेका बेला संघीय राजधानी काठमाडौंमा पनि बिरामी भेटिएको छ । काठमाडौंमा एक महिलामा डेंगु देखिएको हो ।

गत वैशाखदेखि शुक्रबारसम्ममा ४२ जिल्लाबाट ३ हजार ४ सय २५ वटा डेंगुको प्रयोगशाला प्रमाणित केस रेकर्ड भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले बताए । लामखुट्टेको टोकाइबाट फैलने डेंगुको प्रकोप कात्तिक, मंसिरसम्म जारी रहन सक्ने सम्भावना उनले व्यक्त गरे ।

मुलुकका विभिन्न जिल्लामा सन् २०१६ मा १ हजार ५ सय २९, २०१७ मा २ हजार १ सय १२ र सन् २०१८ मा ८ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो । सरकारी तथ्यांकअनुसार यो रोगले सन् २०१० मा ५, सन् २०१५ मा १, सन् २०१६ मा २, सन् २०१७ मा ४, सन् २०१८ मा ३ जनाको मृत्यु भएको थियो । यो वर्ष हालसम्म एक जनाको मात्रै मृत्यु भएपनि धेरैतिर संक्रमण देखिनुले नियन्त्रणमा चुनौती छ ।

टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा।शेरबहादुर पुनका अनुसार काठमाडौं बाहिरै नगएकी एक महिला विगत ५ दिनदेखि अस्पतालमा डेंगुको उपचार गराइरहेकी छन् । करिब तीन साताअघि स्वयम्भूका एक जनामा समेत डेंगु देखिएको थियो ।

शुक्रबारसम्म अन्य जिल्लाबाहेक सुनसरीमा ३ हजार २५, मकवानपुरमा ८३, रूपन्देहीमा ५५, चितवनमा २३, मोरङमा २१, कास्कीमा २१, नवलपरासीमा ११ वटा प्रयोगशाला प्रमाणित केस देखिएको छ । वर्षायामपछि देशभरिमै डेंगुका बिरामीअझ बढ्न सक्ने सम्भावना रहेकोविज्ञहरू औंल्याउँछन् ।

डेंगु फैलाउने एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस गरी दुवै प्रकारको लामखुट्टे पाइएका छन् । डेंगुको प्रकोप बढ्नुमा मनसुन छिटो आउनुले संक्रमण फैलाउने लामखुट्टे बढे ।

जिल्लामा सचेतना र नियन्त्रणका कार्यक्रमलाई बजेट पर्याप्त भएन । ‘यसपटक मनसुन छिटो र सँगै मुलुक संघीयतामा गएपछि कसको अधिकार के हुने, कसलेके गर्ने आदिमा स्वास्थ्य संस्थाबीचअन्योल देखियो,’ भेक्टर कन्ट्रोल निरीक्षक प्याकुरेलले भने, ‘स्थानीय तहमा बजेट हाल्दा कनिका छरे जस्तो भयो ।’ स्वास्थ्य मन्त्रालयलेदक्ष जनशक्तिलाई काम गर्न सक्नेअवस्थामा राख्न नसक्नुले पनि नियन्त्रणका प्रभावकारी कार्यक्रम नै हुन नपाएकोस्थिति छ ।

मान्छेबाट मान्छेमा डेंगु सर्दैन । संक्रमितहरू उपचारपछि निको हुन्छन् । लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्नुपर्ने डा।पुन बताउँछन् । रोगीलाई टोकेका लामखुट्टेले स्वस्थ व्यक्तिमा डेंगु सार्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार डेंगुका लागि कुनै विशिष्ट प्रकारको उपचार छैन । तर छिटो पत्ता लाग्दा उचित चिकित्सकीय हेरचाहले मृत्युदर १ प्रतिशतभन्दा कम हुन्छ ।

डेंगुको पहिलो रिपोर्टेड केस मुलुकमा सन् २००४ मा चितवनमा एक विदेशीमा देखिएको थियो भने यो संक्रमणको पहिलो प्रकोप सन् २००६ मा चितवनमै देखिएको हो । यो वर्ष डेंगुको संक्रमण पहाड र तराईका गरी ४२ जिल्लामा देखिएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।