६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ



अ+ अ-

काठमाडौँ । महानगरीय अपराध महाशाखाले बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको मिति २०७८ मङ्सिर १२ गतेको फैसलाले रू. नौ लाख जरिवाना र चार दिन कैद तोकी फरार रहेका मकवानपुर जिल्ला साविक हटिया गाविस–३ परिवर्तित हेटौँडा उपमहानगरपालिका–१७ घर भई काठमाडौँ मनमैजु बस्ने ३२ वर्षीय मुन्दिप भुजेललाई यही फागुन २६ गते मनमैजुबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । फैसला कार्यान्वयनका लागि मिति आज काठमाडौँ जिल्ला अदालत उपस्थित गराइएको महाशाखाले जनाएको छ ।

त्यसैगरी उच्च अदालत पाटन ललितपुरबाट पक्राउ पुर्जीसमेत जारी भएका गोरखा जिल्ला साविक अश्राङ गाविस–६ परिवर्तित भीमसेन थापा गाउँपालिका–६ घर भई काठमाडौँ–२६ गोङ्गबु बस्ने २५ वर्षीय निसम वि.क.लाई महाशाखाको टोलीले यही फागुन २६ गते काठमाडौँ बनस्थलीबाट पक्राउ गरेको हो ।

मौसम उपाध्यायको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी विक बैकिंङ्ग कसुर मुद्दामा उच्च अदालत पाटनले पक्राउ पुर्जी जारी गरेको थियो । थप अनुसन्धानका लागि निजलाई महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको छ । का।जि।मनमैजुबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि मिति २०७८।११।२७ गते सम्मानित काठमाण्डौं जिल्ला अदालत उपस्थित गराईएको ।