२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको राशिफल : २०७८ पुस १ गते बिहीबार



अ+ अ-

२०७८ पुस १ गते बिहीवार, १६ डिसेम्बर २०२१। मार्ग शुक्लपक्ष, त्रयाेदशी तिथि। भरणी नक्षत्र, ९ः०४ बजेदेखि कृत्तिका। चन्द्रराशि– मेष, १५ः३८ बजेदेखि वृष।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा हुने सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। तर अरूका लागि धन खर्च हुनेछ। साँझतिर धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ। शुभचिन्तकहरू प्रशस्तै फेला पर्नेछन्। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कामको चाप बढ्नेछ। प्रक्रिया नपुग्नाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वादविवादले केही समस्या निम्त्याए पनि साथीभाइको सहयोगले काम बन्नेछ। रमाइला तथा मनाेरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले आजको दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने समय छ। व्यापार, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ।  

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साथीभाइसँग सम्बन्ध चिसिनाले समस्या उत्पन्न हाेला। काम बिग्रने डरले सताउनेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ।   

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। साँझमा आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।   




भर्खरै