७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

जंगली च्याउ खाएर आमाछोराको मृत्यु



अ+ अ-

जाजरकोट । जंगली च्याउ खाएर जाजरकोटमा आमाछोराको मृत्यु भएको छ। बारेकोट गाँउपालिका ८ बन्डाला निवासी ५० वर्षीया मनमाया कुमाई र उनका १३ वर्षीय छोरा योगराज कुमाईको च्याउ खाँदा मृत्यु भएको हो।

आमा मनमायालाई उपचारका लागि नेपालगञ्ज लाने क्रममा मंगलबार सुर्खेतको मेहेलकुनामा मृत्यु भएको प्रहरीले जनाएको छ। छोरा योगराजको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी प्रमुख श्यामबहादुर खत्रीले बताए।

जिल्ला अस्पतालमा च्याउ खाएको दुई दिनपछि पुगेका थिए। भौगोलिक विकटता र घरमा अरु मानिस कोही नहुँदा उनीहरुले समयमा उपचार नपाएको प्रहरीले जनाएको छ ।