७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु, चारजना घाइते



अ+ अ-

राजविराज । सप्तरीको खडग नगरपालिका ४ करमनीयामा भारतीय सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

राजविराजबाट जनकपुर जाँदै गरेको जेएच १५ जे ३२०३ नम्बरको सुमोले काठमाडौंबाट इलामतर्फ जाँदै गरेको को १ च ४२२८ नम्बरको मारुती भ्यानलाई पूर्व–पश्चिम राजमार्गमा ठक्कर दिंदा मारुतीमा सवार इलाम नगरपालिका १ की ५८ वर्षीया टंकमाया लिम्बुको मृत्यु भएको प्रहरीले बताएको छ ।

मारुती भ्यानका चालक टंकमायाका छोरा सबिन लिम्बु र छोरी संगीता लिम्बु घाइते भएका छन् । यसैगरी सुमो गाडीमा सवार तिलाठी कोइलाडी गाउँपालिका ७ स्थायी घर भएका राजविराज ५ बस्ने जितेन्द्रप्रसाद साह उनका ज्वाई जनकपुर १ का आशुतोष साह घाइते भएका छन् । आशुतोषकी श्रीमती सोनी सकुशल छिन् ।

दुर्घटनाग्रस्त दुवै गाडीलाई इलाका प्रहरी कार्यालय कडरबोनाले नियन्त्रणमा लिएको इन्स्पेक्टर रामराजा केशरीले बताए । सुमो गाडीका चालक फरार भएका छन् ।

महिलाको शवलाई सप्तऋषी अस्पताल लहानमा पोष्टमार्टम लागि राखिएको प्रहरीले बताएको छ ।