१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई सुरक्षामा हेलिकप्टर र साना जहाज मुख्य चुनौती



अ+ अ-

काठमाडौँ । नेपालको हवाई उडान सुरक्षामा हेलिकप्टर र ५७ सय किलोग्राममुनिका साना जहाज ‘चुनौती’ देखिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार सार्वजनिक गरेको १० वर्षे प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट २०१९’ ले त्यसतर्फ संकेत गरेको छ ।

हेलिकप्टर दुर्घटनाले विश्वको ध्यान तानेको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । युरोपियन युनियन (ईयू) ले पनि पछिल्लो समय हेलिकप्टर सुरक्षाप्रति प्रश्न गरिरहेको उनको भनाइ छ । प्रतिवेदनअनुसार १० वर्षमा हेलिकप्टर दुर्घटना र मृत्युदर बढेको छ ।

यस अवधिमा १० वटा हेलिकप्टर दुर्घटना भएका र त्यसमा पर्यटनमन्त्रीसहित ३० जनाको ज्यान गएको थियो । नेपालमा दुर्गम तथा पहाडी भेगका लागि चार एयरलाइन्स र १० वटा हेलिकप्टर कम्पनी छन् । दुर्गममा नियमित उडानको तुलनामा हेलिकप्टर चार्टर उडान बढिरहेको महानिर्देशक पोखरेलको भनाइ छ । ‘नेपालमा दर्ता भएका ५७ सय किलो हाराहारी तौल वा त्योभन्दा कम तौलका जहाज र हेलिकप्टरको दुर्घटना दर बढी छ,’ उनले भने । पछिल्लो पटक ईयूको चासो हेलिकप्टरतर्फ मोडिएको छ ।

हेलिकप्टरले नियमित उडान नगर्ने भएकाले यसमा उसको चासो आवश्यक नरहेको भन्दै त्यसमा आपत्ति जनाउँदै प्राधिकरणले पत्र लेखेको पोखरेलले बताए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले ५७ सय किलोग्रामभन्दा कम तौल भएका साना जहाजको रेकर्ड राख्ने नगरेको उनको भनाइ छ । ‘ईयूलाई हामीले यो कुरा भन्यौं,’ उनले भने, ‘त्यसैले हामी उसको ट्र्यापमा परिसक्यौं ।’ ईयूले सन् २०१० देखि २०१२ सम्म भएका ५ वटा साना जहाज दुर्घटनामा ८९ जनाको मृत्यु भएपछि नेपाललाई सन् २०१३ देखि कालोसूचीमा राखेको थियो ।

उसले पछिल्लो पटक नेपालको हवाई सुरक्षामा दुई विषय उठाउँदै आएको छ । एउटा, नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउँदै नियामक र सेवा प्रवाह गर्ने दुई निकाय बनाउनुपर्ने उसको भनाइ छ । हरेक वर्ष भइरहेका हेलिकप्टर दुर्घटनाको दर घटाउनुपर्नेमा पनि उसले जोड दिएको छ ।

आफू मन्त्री भएर आएलगत्तै ईयूले उठाएको ‘प्राधिकरणलाई दुई संस्थामा विभाजन गर्ने’ विषयमा निर्णय गरेको पर्यटनमन्त्री भट्टराईले बताए । हेलिकप्टर कम्पनीमा पाइलटहरूले संस्था फेरिरहने विषय पनि समस्याका रूपमा रहेको प्राधिकरणको भनाइ छ । अस्वस्थ प्रतिस्पर्धाले हवाई सुरक्षामा असर पुर्‍याइरहेको महानिर्देशकपोखरेलले बताए ।

‘अब दुर्घटना पछि होइन, अघि नै पाइलटको अनुमतिपत्र रिभोक गर्ने गरी एक्सनमा जान्छौं,’ उनले भने । नेपालमा भएका हवाई दुर्घटनाको ५९ वर्षको तथ्यांकअनुसार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थल सर्वाधिक जोखिमयुक्त सूचीमा परेको छ ।

यस अवधिमा लुक्लामा ९ वटा हवाई दुर्घटना भएका छन्, जसमा २३ जनाको मृत्यु भएको छ । लुक्लापछि दुर्घटना भई अत्यधिक मानवीय क्षति भएका पहाडी विमानस्थलमा जोमसोम, जुम्ला, सिमिकोट र डोल्पा छन् । मुलुकभर ५१ वटा विमानस्थल छन् ।

सन् २००९ देखि २०१८ सम्म १० वर्षको अवधिमा नेपालमा सबैभन्दा धेरै हवाई दुर्घटनाको कारण कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन (सिफिट) देखिएको छ । पाइलटको कमान्डमा रहेको कुनै पनि उडानयोग्य विमान अन्जानवश बादलभित्र छिरेर दुर्घटनामा पर्नॅ नै सिफिट हो । यस्तो अवस्थामा पाइलटले सही निर्णय गर्न सक्दैनन् । जसले दुर्घटना हुन्छ । १० वर्षमा सिफिटका कारण ७४ प्रतिशत दुर्घटना भएका छन् ।

दोस्रो कारणमा लस अफ कन्ट्रोल इन फ्लाइट छ । यसबाट २६ प्रतिशत दुर्घटना हुने गरेको छ । रनवे एस्कर्सन (धावनमार्गमा चिप्लिने) पनि अर्को कारण हो । यसको दर अत्यधिक देखिए पनि मानवीय क्षति भएको देखिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रतिवेदनसार्वजनिक गरेका हुन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।