१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुल भाँचिएपछि बनाएको डाइभर्सन एकतर्फी, अरुणखोलामा २२ किलोमिटर जाम



अ+ अ-

नवलपरासी । पूर्वपश्चिम महेन्द्र राजमार्गको अरुणखोला पुल भाँचिएपछि निमार्ण गरिएको डाइभर्सन सडकमा एकतर्फीमात्र गाडि संचालन हुने गरेका कारण राजमार्गमा २२ किलोमिटरसम्म जाम भएको छ ।

बिहीबार राति र शुक्रबार बिहान पानी परेका कारण अरुणखोलामा राजमार्गबाट दक्षिणमा बनाइएको डाइभर्सन पार गर्न धेरै समय लाग्ने गरको छ।

डाइभर्सन निमार्ण गरिएको स्थानमा ठूला मालवाहक गाडि फँस्दै गरेकाले यातायात सुचारु हुन नसकेको हो। अरुखाखोला पुलबाट पश्चिम दाउन्ने पहाडसम्म गाडिको लाइन छ भने पुलदेखि पूर्व चोरमाराको जंगलमा रहेको ४० किलोमिटर भन्ने स्थान र डण्डाबजारसम्म लाइन छ।रातभरि यात्रु पानी समेत खान नपाएर राजमार्गमै बस्न बाध्य भएका छन।

जामका कारण अत्यावश्यक सेवाका साधन पनि बीचमै रोकिएका छन्। शुक्रबार बिहान भरतपुरस्थित कान्तिपुर पब्लिकेशन्सको पत्रिका बोकेर भैरहवातर्फ जाँदै गरेको लु १ च ९१७० नम्बरको गाडि बिहान ४ बजेदेखि चोरमारामा जाममा परेको छ।

‘गाडि हिड्ने बाटो पनि छैन राजमार्गमा थोरैमात्र परिचालन गरिएका प्रहरीलाई उछिल्ल हतारिएका गाडिका चालकले टेरेकै छैनन्। चालक विरेन्द्र श्रेष्ठ भन्छन, ‘एम्बुलेन्स समेत हिड्न सक्ने अवस्था छैन ।’

अरुणखोलाको जाम छिचोल्न कम्तिमा २० घण्टा भन्दा लाग्ने गरेको छ। राजमार्गको दक्षिणबाट अरुणखोलामा बनाइएको डाइभर्सन सडकमा पानी बहावकालागि राखिएको ह्यूमपाइप भएको स्थानमा एकतर्फीमात्र गाडि संचालन हुने गरेका कारण घण्टौ जाम हुने गरेको हो।

पूर्वपश्चिम हिँडेका यात्रुले जंगलमा जाममा पर्दा सास्ती भोगेका छन्। पोखराबाट बिहीबार दिउँसो सुनौली हिँडेका रामचन्द्र काफ्लेले अहिलेसम्म पनि चोरमारा कट्न नसकेकोको टेलिफोनमा जानकारी दिए।

उनले राजमार्गमा ट्राफिक व्यवस्थापन नै नभएको गुनासो गरे। सबै गाडि ओभरट्याक गर्ने हतारमा हुइकिँदा राजमार्गमा तेहेरो जाम भएको उनको भनाई छ।

राजमार्ग अवरुद्ध भएको ६२ घण्टा भैसक्दा पनि दोहोरो यातायात संचालन हुनसकेको छैन। घण्टौ लामो जामले अरुणखोलाको पूर्वपश्चिम दुवैतिर जंगल भएका कारण यात्रुले पानी समेत खान नपाउने अवस्था छ।

अरुणखोलाको पानीको बहाव निकास दिन दोहोरो लाइनमा ३० वटा हयूमपाइप राखेर पानी बग्ने व्यवस्था मिलाएको सडक डिभिजन कार्यालय बर्दघाटले जनाएको छ। खोलामा पानीको सतह बृद्धि हुँदा हयूमपाइप बगाउने जोखिम उत्तिकै छ।

अरुणखोलामा चालकले जथाभावी ओर्भटयाक गर्न नदिन २ दर्जन भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरेको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहन प्रसाद पोख्रेलले जानकारी दिए।

उनले एक घण्टा जाम हुँदा टाढासम्म गाडिको लाइन हुने गरेको र देशभरीकै गाडिको चाप महेन्द्रराजमार्गमा पर्ने गरेकाले असहज भैरहेको जनाए। ‘चौबिसै घण्टा प्रहरी खटाएका छौ,’ उनले भने, ‘पानी रोकिए आवगमन सहज हुन्छ।’

शुक्रवार बिहान पानी परेका कारण झन् असहज भएको प्रहरीको भनाई छ।
कान्तिपुरवाट