७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ करोड ३ लाखसहित ‘बेपत्ता’ भएका सहकारीका अध्यक्ष बुटवलबाट पक्राउ



अ+ अ-

सुनसरी । सहकारीमा बचत गरेको करोडौं रुपैयाँ अपचलन गरी असार २३ गतेदेखि ‘बेपत्ता’ भएका धरान–१२ स्थित सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण दर्नाल विश्वकर्मा बुटवलबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौनेका अनुसार फरार भएपनि विश्वकर्मा बुटवलमा लुकिछिपी बस्दै आएका थिए । फरार रहेका उनको खोजीलाई प्रहरीले तिब्र बनाएको थियो ।पक्राउ परेका विश्वकर्माले बचतकर्ताको रकम अपचलन गर्न आफ्नो छोरा मोहनलाई प्रबन्धक र साली कमलादेवी विकलाई लेखा प्रमुख बनाएको रहस्य पनि खुलेको छ ।

मोहन र कमला यसअघि नै पक्राउ परेका थिए । तीनजनाको मिलोमतो अनुसार बचतकर्तालाई सहकारीको पासवुक बनाइदिएपनि अधिकांशको नाम सहकारीमा दर्ता नगरी अध्यक्ष कृष्णको नाममा रहेको शिखर सगरमाथा ज्वेलरी प्रालिमा लगानी गरेको रहस्य पनि खुलेको छ । शिखर सगरमाथा उनका माइला छोरा महेश दर्नालले हेर्ने गरेका थिए । उनी हाल फरार छन् ।

प्रहरीले गरेको अनुसन्धानबाट शिखर सगरमाथा सहकारी संस्थामा सर्वसाधारणले बचत गरको रकम विकले सञ्चालन गरको शिखर समरमाथा ज्वेलरी प्रा.लि. लगानी गर्ने गरेको पाइएको छ । प्रहरीका अनुसार बुटवलस्थित विश्वकर्माको डेराबाट सुनजस्तो देखिने धातुको गरगहनाहरु १६३.२९६ ग्राम र चाँदी जस्तो देखिने धातु २७९.९३६ ग्राम समेत बराबद गरेको छ ।

यसअघि असार २४ गते उनका छोरा मोहनले बाबु कृष्ण हराएकाले खोजतलास गरिपाउँ भनेर इलाका प्रहरी कार्यालय धरानमा निवेदनसमेत दिएको नाटक पनि गरेका थिए ।प्रहरीले अध्यक्ष विश्वकर्माले छोराहरु र सालीसँग मिलेर सहकारीको रकम हिनामिना गरेको भन्दै ८५ जना बचतकर्ताहरुले उजुरी दिएको जनाएको छ ।

उनिमाथि बचतकर्ताहरुले ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया हिनामिना गरेको आरोप रहेको छ ।यसअघि अध्यक्ष विक वेपत्ता भएलगतै उपाध्यक्ष विष्णुकुमारी श्रेष्ठसहित १२ जना सञ्चालक समितिका सदस्यहरुले हिसाव किताव खोजीनीति गर्न धरान उपमहानगरको सहकारी विकास समितिमा निवेदन दिएका थिए । त्यसपछि उपमहानगरपालिकाले टंक सुवेदीको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । समितिले सहकारीका अध्यक्ष कृष्ण, प्रबन्धक मोहन र शिखर सगरमाथा ज्वेलरी प्रालिले बदमासी गरेको ठहर गरेको प्रतिवेदन बनाएको थियो ।