७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

बबई नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता



अ+ अ-
सांकेतिक तस्विर

गुलरिया । बबई नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गुलरिया नगरपालिका वडा नं ४ स्थित ध्रुव उच्च मा.वि मा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय सन्देश लम्साल रहेका छन् ।

लम्साल बबई नदीमा साथिहरूसंग पौडी खेल्ने क्रममा बेपत्ता भएको विद्यालयका प्राध्यानाध्यापक मतिराम शर्माले जानकारी दिए ।

पौडी खेल्ने क्रममा लम्साल बेपत्ता भएको सुचना पाए लगत्तै जनपद प्रहरी, शसस्त्र प्रहरी र आफन्तले खोजि जारी राखेको गुलरिया नगरापलिकाका उपप्रमुख शुशिला गिरीले जानकारी दिए । पौडी खेल्न गएका तीन जना मध्ये २ जना सकुसल छन् ।