१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ



अ+ अ-

पोखरा । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग र सिफारिस गरेको आरोपका कास्की प्रहरीले वडाध्यक्षसहित ३ लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१८ का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेका छन् ।

उनीहरुलाई शुक्रबार सराङकोटमा रहेको वडा कार्यालयबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । प्रहरी अनुसन्धानका क्रममा वडाध्यक्षको संलग्नता खुलेपछि पक्राउ गरिएको उनले जनाए । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना यसअघि नै पक्राउ परिसकेका छन् ।