७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिब्बतीलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्षसहित ३ जना पक्राउ



अ+ अ-

पोखरा । तिब्बती शरणार्थीलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग र सिफारिस गरेको आरोपका कास्की प्रहरीले वडाध्यक्षसहित ३ लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा–१८ का अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र पौडेल रहेका छन् ।

उनीहरुलाई शुक्रबार सराङकोटमा रहेको वडा कार्यालयबाटै पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । प्रहरी अनुसन्धानका क्रममा वडाध्यक्षको संलग्नता खुलेपछि पक्राउ गरिएको उनले जनाए । झूटो विवरण बुझाएर नागरिकता लिने दुई युवतीसहित ८ जना यसअघि नै पक्राउ परिसकेका छन् ।