७ आश्विन २०८१, सोमबार
,
Latest
सहकारी ठगी प्रकरण: छविलाल जोशीलाई म्याद थप गर्न अदालत लगिँदै चर्चित धावक रोकायालाई ‘उज्ज्वल तारा खेल सम्मान—२०८१’ प्रदान गरिने श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई प्रहरीको हिरासतबाट धनुषामा ८ जना थुनुवा फरार नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग सामुदायिक विद्यालयले विद्यार्थीलाई टपरी र चकटी बनाउने सीप सिकाउँदै प्रधानमन्त्री ओलीको उपस्थितिमा अमेरिकामा हुने भनिएको वृहत कार्यक्रम स्थगित आर्सनल र म्यान्चेस्टर सिटीले अंक बाँडे रविले भने– न्यूयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू विश्वकप लिग–२ः नेपालको लगातार तेस्रो हार
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म प्रचार गरेको अभियोगमा ४ जना पक्राउ, बाइबलसमेत बरामद



अ+ अ-

सल्यान । धर्म प्रचार गरेको अभियोगमा सल्यान प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका २० वर्षीय तुलबहादुर परियार, सोहि ठाउँका २१ वर्षीया रुपा सोनाम, घोराही उपमहानगरपालिका–१५ का २९ वर्षीय चन्द्रकली रावत र रोल्पा नगरपालिका–६का ३० वर्षीया भीम कुमारी विक रहेको प्रहरीले जनाएको छ।

शारदा नगरपालिका–१ शान्तीनगरमा जबरजस्ती धर्म प्रचार गर्दै हिँडेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट एकएक थान बाइबलसहित धर्म प्रचारका विभिन्न सामग्री समेत बरामद गरेको छ। पक्राउ परेकाहरुलाई धर्मसम्बन्धी कसुर अन्तरगतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

मुलुकी फौजदारी अनुसार धर्मसम्बन्धी कसुर गर्नेलाइ ५ वर्षसम्म जेल र ५० हजार जरिवानाको सजाय हुनसक्ने कानुनी व्यवस्था छ।