१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएनएचसीआरको उपशाखा बन्द हुने



अ+ अ-


दमक । राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर)को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भूटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ ।

झापाको पूर्वीनाका काकडभिट्टा बाटो हँुदै नेपाली मूलका भूटानी भूटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो ।

आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हटने भएपछि शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि बनाउँदै लगिएको छ ।

पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८ को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा छ हजार ५०० भूटानी शरणार्थी छन् । शिविरमा बाँकी रहेका शरणार्थीको बसाइँ केही लम्बिने भएपछि युएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको बताइएको छ । यसअघि शिविरका एक लाख १३ हजार ५०० शरणार्थी अमेरिका, क्यानाडा, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्बे, न्यूजील्याण्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका थिए ।