७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने युवा पक्राउ



अ+ अ-

काठमाडौँ । १६ लाख रुपैयाँ लुटियो भन्दै प्रहरीलाई खबर गर्ने एक युवा उक्त रकमसहित पक्राउ परेका छन् ।

न्युरोडका व्यवसायी दीपक गोयलले आइतबार आफ्नै कामदार भारत घर भएका मनिष कुमार साहलाई बजारबाट उठेको रकम बैैङ्कमा जम्मा गर्न पठाएका थिए ।तर, साहले उक्त रकम बैङ्कमा जम्मा गर्नुको साटो लुटिएको भन्दै प्रहरीलाई फोन गरेका थिए ।

तत्कालै महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले साहलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा डल्लुस्थित साहको कोठामा प्रहरी पुगेर १६ लाख रुपैयाँ बरामद गरेको परिसरका प्रवक्ता होविन्द्र वोगटीले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।