सुनसरी । इटहरी–६ का ४० वर्षीय मोहन भट्टराईको खेती खोलामा डुबेर मृत्यु भएको छ । खोलामा गएका भट्टाराई डुबेको अवस्थामा स्थानियले भेटेका थिए ।
सुनसरीकै रामधुनि नगरपालिका–६ इचोलका अन्दाजी ५० वर्षका सरिलाल राजधामी घर नजिकै रहेको पोखरीमा डुबेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।