१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक… रसुवामा बाढीपछि ११४ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोकोको भरमा खानेपानी



अ+ अ-

पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन–१२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ ।

बाहै्र महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन । “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन्”, विश्वकर्माको भनाइ छ । पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ ।

तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ ।

हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाल्नुभयो । पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन् । “हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ ।” उहाँले भन्नुभयो । गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पुर्याउने भन्ने समस्या छ ।

तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ । करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन । दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका–१२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।