२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता
अ अ+ अ-

काठमाडौं । संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित नेपाली राजदूत गौरवशमशेर जबराले नेपाल–बेलायत सम्बन्धलाई आर्थिक कूटनीति, व्यापार, लगानी र प्रविधि हस्तान्तरणमार्फत थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पूर्वप्रधानसेनापति जबराले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई २१औँ शताब्दीको आवश्यकताअनुसार विस्तार गर्ने बताउनुभएको हो ।

जबराले आफूलाई पूर्वसैनिक नेतृत्वकर्ताका रूपमा मात्र सीमित नराखी नेपाल सरकार र नेपाली जनताको प्रतिनिधिका रूपमा काम गर्ने स्पष्ट पार्नुभयो । सन् १८१६ देखि कायम नेपाल–बेलायत कूटनीतिक सम्बन्धलाई नवीकरणीय ऊर्जा, शिक्षा र जलवायु परिवर्तनजस्ता क्षेत्रमा सहकार्य विस्तार गर्दै नयाँ उचाइमा पुर्‍याउने उहाँको भनाइ छ ।

उहाँले आफ्नो कार्यकालका लागि पाँच प्रमुख प्राथमिकता निर्धारण गर्नुभएको छ । आर्थिक कूटनीतिअन्तर्गत बेलायती लगानी, प्रविधि र विशेषज्ञतालाई नेपालको विकाससँग जोड्ने, हरित अर्थतन्त्र, हिमाली जैविक विविधता तथा वातावरण संरक्षणमा साझेदारी बढाउने र बेलायतस्थित नेपाली समुदायलाई नेपालको विकासको सेतुका रूपमा परिचालन गर्ने उहाँका प्राथमिकता छन् ।

त्यसैगरी संसदीय तथा सार्वजनिक कूटनीतिलाई व्यापक बनाउने र ब्रिटिस गोर्खा सैनिकसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्ने योजना पनि उहाँले प्रस्तुत गर्नुभएको छ ।

आफ्नो लामो सैनिक सेवाकाल र अनुभवले बेलायतसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै जबराले संस्थागत निरन्तरता र राष्ट्रिय हितको प्रवर्द्धनलाई मुख्य ध्येय बनाउने बताउनुभयो ।

बेलायतसँगको गोर्खा सम्बन्धलाई विशेष महत्त्व दिँदै उहाँले आफ्नो सैन्य पृष्ठभूमि र रोयल मिलिटरी एकेडेमीमा तालिम लिएको अनुभवले दुई देशबीचको सैन्य कूटनीतिलाई थप सहज बनाउन सक्ने संकेत गर्नुभयो ।

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई आर्थिक, प्राविधिक र जनस्तरको सहकार्यमा रूपान्तरण गर्दै नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्ने जबराको कार्ययोजनाको मुख्य लक्ष्य देखिएको छ ।