पौडेलको केहीबेरअघि काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा निधन भएको हो ।
डा. पौडेल लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि उहाँ नेकपा एकीकृत समाजवादीमा आबद्ध हुनुभएको थियो ।
एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादीबीच एकता प्रक्रिया अघि बढेपछि त्यसप्रति असहमति जनाउँदै उहाँ नेकपा संयुक्तमा सक्रिय हुनुभएको थियो ।
राजनीतिसँगै सञ्चार क्षेत्रमा पनि सक्रिय पौडेलले जनता टेलिभिजन सञ्चालन गर्दै आउनुभएको थियो ।








