काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत युवा खुलातर्फको मतगणना आज साँझ ६ बजेदेखि सुरु गर्ने निर्वाचन समितिले तयारी गरेको छ।
निर्वाचन समितिले युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने गरी तयारी अघि बढाएको हो। मतगणना सुरु भएपछि युवा खुलातर्फका उम्मेदवारहरूले प्राप्त गरेको मतपरिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।








