२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने

एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन

एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध राजनीतिक मोर्चाबन्दी हुन सक्ने भन्दै पार्टीमाथि भइरहेको घेराबन्दीको एकजुट भएर प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ।

पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा उहाँले एमालेविरुद्धको घेराबन्दी २०७७ सालदेखि नै सुरु भएको दाबी गर्नुभयो। पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराइएको उहाँको आरोप थियो।

२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उल्लेख गर्दै ओलीले त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको दाबी गर्नुभयो। उहाँले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुन सक्ने भन्दै पार्टीलाई थप बलियो बनाउन एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो।

सामाजिक सञ्जालमार्फत पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास अहिले पनि जारी रहेको उहाँको आरोप थियो। पार्टीभित्रकै केही नेताका गतिविधिले चुनौती थपिएको उल्लेख गर्दै ओलीले विगतका विवादमा अल्झिनुभन्दा सुदृढ एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामीविरुद्धको घेराबन्दी सिद्धिएको छैन,’ उहाँले भन्नुभयो, ‘पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ। आजको आवश्यकता त्यही हो।’

ओलीले एमाले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने उद्देश्यका साथ अघि बढेको पार्टी भएको उल्लेख गर्दै सानातिना विवाद र गलत गतिविधिमा अल्झिन नहुने बताउनुभयो। पार्टीभित्र सहमति र एकताको वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो।

यसैगरी, अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको आरोप लगाउनुभयो। राष्ट्रिय अस्मितामा आँच पुर्‍याएर मुलुकको स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको दाबी गर्दै उहाँले ती उपलब्धिको पुनःस्थापनाका लागि आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताउनुभयो।

आन्दोलनका क्रममा दमन भए त्यसको प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै ओलीले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने धारणा राख्नुभयो। उहाँले आगजनी र लुटपाटलाई आन्दोलनको संज्ञा दिन नहुने बताउँदै बलियो र संगठित शक्तिले कमजोर तथा निहत्था जनतामाथि दमन गरे त्यसको प्रतिवाद गर्नु नै आन्दोलन भएको तर्क गर्नुभयो।

‘आगो लगाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन,’ उहाँले भन्नुभयो, ‘गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि र दमनका विरुद्ध आन्दोलन गर्नुपर्ने हुन्छ।’

ओलीले पार्टीका सदस्यहरूलाई निष्ठापूर्वक सक्रियताका साथ काम गर्न पनि निर्देशन दिनुभयो। अब पार्टीमा विगतको योगदानका आधारमा मात्रै मूल्यांकन नहुने उल्लेख गर्दै उहाँले नीति र नेतृत्वप्रतिको इमानदारिता तथा कर्मशीलतालाई समेत मूल्यांकनको आधार बनाइने बताउनुभयो।

पार्टीलाई बलियो बनाउन नेता तथा कार्यकर्ताले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उहाँले एकता, अनुशासन र सक्रियतालाई आगामी राजनीतिक यात्राको महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्नुभयो।