२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी

कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्दै सबै नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले महाधिवेशनको आन्तरिक निर्वाचन सकिएकाले अब विजय र पराजयलाई बिर्सेर पार्टी एकता सुदृढ गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभएको हो । उहाँले सभापतिमा निर्वाचित गगन थापालाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै महाधिवेशनमा पराजित भएका नेताहरूलाई पनि सँगै लिएर अघि बढ्न सभापति थापालाई आग्रह गर्नुभयो ।

खड्गीले विजयी पक्षले पराजित पक्षलाई र पराजित पक्षले विजयी पक्षलाई सहयोग गर्ने संस्कार विकास गर्न सके मात्रै कांग्रेस बलियो र गुटरहित बन्ने बताउनुभयो । महाधिवेशनमा फरक समूहबाट उम्मेदवारी दिएको वा एकअर्कालाई सहयोग नगरेको आधारमा पार्टीभित्र टुटफुट र विभाजन हुन नहुने उहाँको भनाइ छ ।

“अब विजेता साथीहरूले पराजित हुने साथीहरूलाई सँगै लिएर हिँड्नुपर्छ । पराजित हुने साथीहरूले पनि विजयी हुने साथीहरूलाई सहयोग गर्दै अगाडि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो, “विजय र पराजय भएका साथीहरूलाई सँगै लग्यो भने मात्रै पार्टी एकढिक्का हुन्छ, बलियो हुन्छ र गुटरहित कांग्रेस बन्छ ।”

उहाँले पार्टीभित्रका आन्तरिक समस्या आन्तरिक रूपमै समाधान गरी जनतामाझ कांग्रेस एकताबद्ध रहेको सन्देश दिनुपर्नेमा जोड दिनुभयो । कांग्रेसका नेताहरूले सार्वजनिक रूपमा एकअर्काको आलोचना गर्दा जनतामा पार्टीप्रति नकारात्मक सन्देश जाने भन्दै उहाँले यस्तो प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो ।

खड्गीले फागुन २१ गतेको निर्वाचनमा भएको पराजयलाई शिक्षाका रूपमा लिनुपर्ने बताउनुभयो । पराजित मानसिकताबाट बाहिर निस्केर जनतासँगको सम्बन्ध बलियो बनाउँदै आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा पार्टीलाई विजयी गराउने लक्ष्यका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले क्रियाशील सदस्यदेखि वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्तालाई एकताबद्ध भएर संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । कांग्रेसलाई मन पराउने, पार्टीलाई मत दिने तथा संगठनको अभियानमा जोडिएका नागरिकको भावना बुझेर काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेसको राजनीतिक पहिचान सुधार गर्न नैतिकता, इमानदारी र सत्य बोल्ने संस्कार विकास गर्नुपर्नेमा पनि खड्गीले जोड दिनुभयो । पार्टीका नेता तथा कार्यकर्ताले जनतामाझ सत्य बोल्ने, प्रतिबद्धताअनुसार काम गर्ने र भ्रम नफैलाउने व्यक्तिका रूपमा आफूलाई स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।

“कांग्रेसका नेता तथा कार्यकर्ताले जे बोल्छन्, त्यही गर्छन् भन्ने किसिमको संस्कार विकास गर्नुपर्छ,” उहाँले भन्नुभयो, “हामीले उच्च नैतिकताका साथ अगाडि बढ्नुपर्ने स्थिति छ । यस किसिमको अभियानमा मेरो पनि साथ र सहयोग रहन्छ ।”

जीवन्त राजनीतिक पार्टीमा गुट तथा उपगुट देखिन सक्ने भए पनि महाधिवेशन सम्पन्न भएपछि त्यसलाई संस्थागत रूपमा अन्त्य गर्नुपर्ने खड्गीको धारणा छ । पार्टीभित्र संस्थागत संस्कारको विकास गर्दै सबैलाई समेटेर अघि बढे मात्रै कांग्रेसले जनताको विश्वास पुनः आर्जन गर्न सक्ने उहाँले बताउनुभयो ।