२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत गौरवशमशेर जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुत थापाको प्रतिवद्धताः ‘नेपालको राष्ट्रिय हित नै सर्वोपरि, कन्सुलर सेवालाई चुस्त बनाउनेछु’ News Polar एमालेमाथि घेराबन्दी कायमै रहेको ओलीको दाबी, एकजुट भएर प्रतिवाद गर्न निर्देशन News Polar मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार News Polar जलवायु जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार निर्माणमा जोड : विद्यादेवी भण्डारी News Polar चीनसँगका नाका पूर्ण क्षमतामा सञ्चालन गर्ने राजदूत शर्माको प्रतिबद्धता News Polar कांग्रेसलाई गुटरहित बनाउन विजेता र पराजित सबैलाई सँगै लैजानुपर्छ : खड्गी News Polar अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ? News Polar उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद News Polar न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँको धान खरिद गरिने News Polar ट्रक दुर्घटनामा चालकको मृत्यु News Polar बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने News Polar विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै समेट्नुपर्नेमा जोड News Polar कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहानदेखि News Polar कार्यालय सहयोगीलाई जीवनरक्षा तालिम सुरु

अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?

अमेरिकाका लागि प्रश्तावित राजदुतलाई सांसदहरूको प्रश्नः सैन्य सहयोगदेखि डायस्पोराको समस्यासम्ममा स्पष्ट योजना के छ ?
अ अ+ अ-

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरनजंग थापाको संसदीय सुनुवाइका क्रममा सांसदहरूले उहाँको कार्ययोजना, कूटनीतिक प्राथमिकता र अमेरिकामा रहेका नेपाली डायस्पोराका समस्याबारे प्रश्न उठाएका छन् ।

सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले अमेरिका जस्तो विश्वशक्तिसँगको सम्बन्ध सञ्चालन गर्दा नेपालको राष्ट्रिय हित, असंलग्न परराष्ट्र नीति र आर्थिक कूटनीतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा नेकपा एमालेकी सांसद पद्मा अर्याल र नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रस्तावित राजदूत थापाको कार्ययोजनाका विभिन्न बुँदामाथि प्रश्न उठाउँदै स्पष्ट योजना र परिणाममुखी कूटनीतिक पहलको आवश्यकता औँल्याएका थिए ।

सांसद अर्यालले अमेरिकामा रहेका नेपाली डायस्पोराले भोग्दै आएका दूतावाससम्बन्धी समस्या, सेवा–सुविधा तथा सांस्कृतिक अपनत्वका विषयमा ठोस योजना प्रस्तुत गर्न आग्रह गरिन् । उनले राजदूतको कार्यकालमा नेपालले प्राप्त गर्न सक्ने उपलब्धि र एकवर्षीय कार्ययोजनाको स्पष्ट खाका आवश्यक रहेको बताइन् ।

अमेरिकामा रहेका नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै अर्यालले प्रस्तावित राजदूतको कार्ययोजनाबाट हासिल हुने ठोस नतिजाबारे स्पष्ट हुन चाहेको बताइन् ।

त्यस्तै, सांसद पुनले प्रस्तावित राजदूत थापाको उच्च शैक्षिक तथा व्यावसायिक पृष्ठभूमिको प्रशंसा गर्दै कार्ययोजनामा उल्लेख गरिएका सैन्य तथा सुरक्षा सहयोगसम्बन्धी विषयमा असहमति जनाए ।

थापाले कार्ययोजनामा उल्लेख गरेको ‘अमेरिकी सैन्य शक्तिबाट लाभ लिने’ तथा ‘सैन्य र सुरक्षा सहयोग सुदृढ गर्ने’ प्रस्तावमाथि प्रश्न उठाउँदै पुनले नेपालको संविधान र असंलग्न परराष्ट्र नीतिअनुसार सैन्य सहयोगलाई प्राथमिकतामा राख्नु उपयुक्त हुने वा नहुनेबारे स्पष्ट पार्न आग्रह गरे ।

उनले अमेरिकासँगको सम्बन्धमा नेपालको राष्ट्रिय हित र परराष्ट्र नीतिको मूल मर्मलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए । विश्वशक्तिसँगको सम्बन्ध विस्तार गर्दा राष्ट्रिय स्वाधीनता र असंलग्नताको सिद्धान्तमा स्पष्टता हुनुपर्ने उनको भनाइ थियो ।

पुनले प्रस्तावित राजदूतको कार्ययोजनामा दूतावासका कर्मचारी र उनीहरूका परिवारले अमेरिकी रीतिरिवाज पूर्ण रूपमा पालना गर्ने विषय उल्लेख गरिएकोप्रति पनि प्रश्न उठाए । उक्त व्यवस्था व्यावहारिक भए–नभएको स्पष्ट पार्न आग्रह गर्दै उनले कूटनीतिक कार्ययोजनामा राखिएका विषयको कार्यान्वयन पक्षमा ध्यान दिनुपर्ने बताए ।

उनले अमेरिका नेपालका लागि आर्थिक सहायता, वैदेशिक लगानी र आर्थिक अवसर भित्र्याउने दृष्टिले महत्त्वपूर्ण देश भएकाले सोहीअनुसार कूटनीतिक सक्रियता बढाउन सुझाव दिए ।

संसदीय सुनुवाइका क्रममा उठेका प्रश्नहरूले अमेरिकासँगको सम्बन्धलाई सैन्य तथा सुरक्षा सहकार्यमा मात्र सीमित नगरी आर्थिक सहायता, लगानी विस्तार, नेपाली डायस्पोराको हित संरक्षण र नेपालको राष्ट्रिय स्वार्थ प्रवर्द्धनमा केन्द्रित गर्नुपर्ने आवश्यकतालाई उजागर गरेका छन् । प्रस्तावित राजदूतको कार्ययोजना कार्यान्वयनयोग्य, स्पष्ट र परिणाममुखी हुनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।