धादिङ । धादिङको गजुरी गाउँपालिका–५ गलौदीस्थित पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। त्रिशूली नदीले सडक कटान गर्दा सडकको केही भाग भासिएपछि अवरुद्ध भएको राजमार्ग आज दिउँसो ३:१० बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएसँगै उक्त सडकखण्डमा रोकिएका सवारीसाधन आवागमन सहज हुने अपेक्षा गरिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिँदा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन प्रभावित भएका थिए।








