२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन

राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड

राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड
अ अ+ अ-

जनकपुरधाम । राजर्षिजनक विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५१ करोड १७ लाख २ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

विश्वविद्यालयको सिनेट बैठक (सभा) मा प्रस्तुत वार्षिक कार्यक्रम तथा बजेट प्रस्ताव अनुसार पूँजीगततर्फ २१ करोड ८ लाख ९५ हजार र सञ्चालनतर्फ ३० करोड ८ लाख ७ हजार रुपैयाँ विनियोजन गरिएको छ। विश्वविद्यालय ऐन, २०७४ को व्यवस्था बमोजिम सो बजेट तथा कार्यक्रम स्वीकृतिका लागि सभामा पेस गरिएको हो।

विश्वविद्यालयले प्राविधिक, व्यावसायिक तथा सामयिक शैक्षिक कार्यक्रमहरूलाई तीव्रता दिँदै गत आव २०८२/०८३ को प्रगति विवरण पनि सार्वजनिक गरेको छ। हाल विश्वविद्यालय मातहत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा गरी कुल ५,९२७ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्। विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहका २० भन्दा बढी शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा पछिल्लो समय बिआइटी, एमसिए, बिए एलएलबी, एलएलएम लगायतका ९ वटा नयाँ विषयका कक्षाहरू समेत सञ्चालनमा ल्याइसकेको छ।

प्रस्तावित नयाँ कार्यक्रमअन्तर्गत आगामी शैक्षिक सत्रमा कम्तीमा ५ हजार नयाँ विद्यार्थी भर्ना गर्ने र विश्वविद्यालय अनुदान आयोगको निर्देशानुसार एकीकृत शैक्षिक क्यालेन्डर पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखिएको छ। प्राविधिक शिक्षालाई व्यवस्थित गर्न ‘स्कुल अफ हेल्थ साइन्स’ सञ्चालनमा ल्याइएको छ भने विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यासका लागि विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूसँग सम्झौता (MoU) गरी कार्य अघि बढाइएको छ। यसका साथै, जेहेन्दार विद्यार्थीहरूका लागि ‘सिक्दै कमाउँदै’ अवधारणा र बजारको मागमा आधारित पाठ्यक्रम लागू गरिएको छ।

विश्वविद्यालयको आफ्नै भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै धनुषाको नगराइनमा प्राप्त ९ बिघा १४ कठ्ठा जग्गामा विस्तृत आयोजना प्रतिवेदन बमोजिम आधुनिक शैक्षिक भवन निर्माण प्रक्रिया थालिनेछ। यस्तै, रौतहटको गौरमा मधेश प्रदेश सरकारको सहकार्यमा पण्डित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पस भवन निर्माण गरिनेछ भने काठमाडौँमा हाल सञ्चालित कानूनका कार्यक्रमहरूलाई थप व्यवस्थित बनाउन छुट्टै आंगिक क्याम्पस स्थापना गर्ने प्रस्ताव अघि सारिएको छ। मधेस प्रदेशको बारा जिल्लामा प्रविधि विषयको आंगिक क्याम्पस स्थापना गर्ने प्रक्रियालाई पनि निरन्तरता दिइएको छ।

प्राज्ञिक साख र अनुसन्धान प्रवर्द्धनका लागि आगामी आवदेखि उच्चस्तरीय ‘रिसर्च एन्ड इनोभेसन’ निकाय संस्थागत रूपमा स्थापना गरिनेछ। विश्वविद्यालयले दुईवटा विशिष्टीकृत विधामा अनुसन्धान जर्नल प्रकाशन गर्ने र पूर्वीय दर्शन, रामायण सर्किट, मिथिला कला तथा संस्कृतिको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सम्मेलन एवं कार्यशालाहरू आयोजना गर्ने योजना बनाएको छ। साथै, विद्यार्थीहरूको सर्वांगीण विकासका लागि ‘सांस्कृतिक प्रतिभा कार्यक्रम’ र शैक्षिक गुणस्तर सुधारका लागि दोस्रो दीक्षान्त समारोह आयोजना गरिनेछ।

विश्वविद्यालयको प्रशासनिक, आर्थिक र प्राज्ञिक कार्यप्रणालीलाई प्रविधिमैत्री बनाउन “पूर्ण डिजिटलाइजेशन” को नीति अघि सारिएको छ। आगामी शैक्षिक सत्रदेखि सिकाई व्यवस्थापन प्रणाली, एकीकृत क्याम्पस व्यवस्थापन प्रणाली, र विश्वविद्यालय अनुदान आयोगसँग सूचना आदानप्रदान गर्न एचएमईएस (HEMIS) प्रणाली पूर्ण रूपमा एकीकरण गरिनेछ। परीक्षा प्रणाली, भर्ना प्रक्रिया, मानव संसाधन र लेखा प्रणालीलाई समेत अनलाइन र केन्द्रीकृत ढाँचामा ढालिने जनाइएको छ।

यसैबीच, विश्वविद्यालयको संगठन संरचना तथा व्यवस्थापन नियमावली, २०७५ को नियम १०० मा संशोधन गरी डीन पदको छनौट प्रक्रियालाई थप व्यावहारिक र फराकिलो बनाउने प्रस्ताव पेस गरिएको छ। बैठकमा कार्यकारी परिषद्का नवनियुक्त सदस्यहरू प्रा.डा. विद्या सागर वर्मा, सह प्रा.डा. सरोज कुमार ठाकुर र सहायक प्राध्यापक राजीव कुमार पाण्डेयको मनोनयनलाई समेत सभाबाट अनुमोदनका लागि पेस गरिएको छ।

बुधबारको सिनेट बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सम्बोधन गर्नुभएको थियो। सम्बोधनको क्रममा उहाँले मधेशको सार्वजनिक शिक्षालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो।

‘मधेशको शिक्षा सुधार्नको लागि राजर्शीजनक विश्वविद्यालयको एकदमै ठूलो भुमिका छ। यसमा हामीले अझै धेरै काम गर्नुपर्छ, गरिरहेका छौँ,’ उहाँले भन्नुभयो।