२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको प्रवर्द्धकमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम News Polar फैसला कार्यान्वयन अभियानअन्तर्गत रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ News Polar सामुदायिक वनलाई पर्यटकीयस्थलका रुपमा उपयोग गर्दै बकैया News Polar विपद्पछि पुनःस्थापना र पुनर्निर्माणबारे संसदीय विशेष समितिले थाल्यो स्थलगत अध्ययन News Polar बेतिथिमा संलग्न अस्पताल र चिकित्सकप्रती निर्मम बन्दै सरकार News Polar सञ्चारमन्त्री तिमिल्सिनासँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारको भेट News Polar लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर News Polar शिक्षा ऐनमा निजी विद्यालयका विषय समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव News Polar भरतपुर अस्पतालमा पनि स्वर उपचार सेवा News Polar आज दिनभर झरी, शनिबारदेखि सुधार हुने News Polar अस्थायी आवास बनाउन चाहने सङ्घसंस्थबाट प्रस्ताव आह्वान News Polar दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी News Polar दसैँमा एटीएमबाटै रु १०० का नयाँ नोट पाइने News Polar नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै News Polar लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एकजनाको मृत्यु

नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै

नवलपुरमा गर्भपतन सेवा लिनेका सङ्ख्या घट्दै
(सांकेतिक तस्बिर)
अ अ+ अ-

काठमाडाैँ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा गर्भपतन सेवा लिनेको सङ्ख्या घट्दै गएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्कअनुसार यस्तो सेवालिनेको सङ्ख्या घट्दै गएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा एक हजार ७४७ जनाले सो सेवा लिनेमा आव २०८२/८३ मा यो सङ्ख्या घटेर एक हजार ४२३ मा पुगेको कार्यालय प्रमुख एवं जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या आव २०८१/८२ मा एक हजार ७०७ थियो ।

जिल्लामा गर्भपतन सेवा लिनेको सङ्ख्या घटेसँगै शल्यक्रिया र औषधिको प्रयोगबाट गर्भपतन गराउनेको सङ्ख्यामा पनि कमी आएको छ । आव २०८०÷८१ मा शल्यक्रियाबाट १२० जनाले गर्भपतन गराउँदा एक हजार ६२७ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका थिए । त्यस्तै, आव २०८१/८२ मा १३० जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ५७७ जनाले औषधिको प्रयोगबाट तथा आव २०८२/८३ मा ६९ जनाले शल्यक्रियाबाट गर्भपतन गराउँदा एक हजार ३५४ जनाले औषधिको प्रयोगबाट गर्भपतन गराएका उहाँले जानकारी दिनुभयो ।

गर्भपतन सेवा लिनेमध्ये सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा ४५८, कावासोती नगरपालिकामा ४०५, देवचुली नगरपालिकामा १८७, हुप्सेकोट गाउँपालिकामा १४१, विनयी त्रिवेणी गाउँपालिकामा १००, मध्यविन्दु नगरपालिकामा ९७, बौदिकाली गाउँपालिकामा २५ तथा बुलिङटार गाउँपालिकामा १० जना रहेका जनस्वास्थ्य प्रशासक चापागाईँले बताउनुभयो ।

जिल्लाका आठवटा स्थानीय तहमा २० वटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन हुँदै आएको चापागाईँले जानकारी दिनुभयो । यसमध्ये गैँडाकोटमा छ, देवचुलीमा र विनयी त्रिवेणीमा तीन–तीन, मध्यविन्दु, बुलिङटार र हुप्सेकोटमा दुई–दुई तथा कावासोती र बौदिकालीमा एक–एकवटा सूचीकृत स्वास्थ्य संस्था तथा सूचीकृत स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको चापागाईँले बताउनुभयो ।

जिल्लामा अझै पनि सामाजिक तथा सांस्कृति मान्यताका कारण सुरक्षित गर्भपतन सेवा लिन हिचकिचाउनेको सङ्ख्या धेरै रहेको जनस्वास्थ्य प्रशासक चापागाईँको भनाइ छ । त्यस्तै, समुदायमा सुरक्षित गर्भपतन सेवासम्बन्धी पर्याप्त जानकारीको अभाव, दुर्गम भौगोलिक अवस्था तथा यातायात पहुँचको समस्या, असुरक्षित तथा अनधिकृत गर्भपतन सेवाको सम्भावना सुरक्षित गर्भपतन सेवाका चुनौती भएका उहाँले बताउनुभयो ।