२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त

कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय रग्बी टोलीका पूर्वकप्तान कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षकमा नियुक्त हुनुभएको छ ।

नेपाली सेनाले उहाँलाई सेनाको महिला र पुरुष दुबै टोली हेर्नेगरी प्रशिक्षक नियुक्त गरेको हो । न्युजिल्यान्ड र अस्ट्रेलियाबाट ‘कोचिङ एक्सपोजर’ प्रशिक्षण लिएर फर्कनुभएका थापासँग अन्तरराष्ट्रिय र घरेलु प्रशिक्षणको लामो अनुभव छ ।

खेलाडीको रूपमा थापाले राष्ट्रिय रग्बी सेभेन्स र फिफ्टिन्स दुबैमा कप्तानीको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँले राष्ट्रिय यु–१८ क्रिकेट टोलीका प्रशिक्षको भूमिका निर्वाह गरिसक्नुभएको छ । उहाँको प्रशिक्षणमा युवा टोलीले भारत र बङ्गलादेशलाई पराजित गरेको थियो ।

त्यसैगरी उहाँकै प्रशिक्षणमा राष्ट्रिय सेभेन्स ब्वाइज टिमले सन् २०२३ मा बङ्गलादेशलाई पराजित गरेको थियो । जुन नेपाली रग्बीको पहिलो अन्तरराष्ट्रिय जित पनि थियो । उहाँले यु–१४ एसियन एक्सचेञ्ज फेस्ट जापानमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो ।

राष्ट्रिय तहमा उहाँ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका प्रशिक्षक रहिसक्नुभएको छ । उहाँको प्रशिक्षणमा लुम्बिनीले नवौँ बृहत राष्ट्रिय खेलकुदमा रजत पदक जितेको थियो भने कर्णाली प्रदेशले रारा सेभेन्स, पोखरा सेभेन्स र बागमती सेभेन्स च्याम्पियन बनेको थियो ।

थापा नेपाली रग्बीको चर्चित क्लब गोर्खाली रग्बी क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि हुनुहुन्छ । गोर्खाली क्लबले उहाँको नेतृत्वमा थुप्रै उपाधी जितेका छन् । खेलाडीका रूपमा कृष्णको कार्यकालमा थुप्रै उपलब्धि हात पारेका छन् । जसमा सन् २०२२ मा बङ्गलादेशमा खेलेको रग्बी–१५ खेललाई नेपाली रग्बी विकासको ठूलो फड्को मानिन्छ ।

सात खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले त्यो बेला ढाकामा ‘बङ्गबन्धु बङ्गलादेश नेपाल अन्तरराष्ट्रिय रग्बी शृङ्खला’ खेल्यो, जुन १५ जना खेलाडीले खेल्ने ‘रग्बी–१५’ मा नेपालको पहिलो सहभागिता थियो ।

उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासङ्घबाट पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपालले अन्तरराष्ट्रिय रग्बीमा डिभिजन–३ खेल्ने राष्ट्रको रूपमा प्रवेश पाएको थियो । त्यस्तै खेलाडीका रूपमा उहाँले सन् २०१६ मा कतारमा एसियन रग्बी च्याम्पियनसिप र सिङ्गापुरमा एसियन रग्बी च्याम्पियनसिप २०१७ तथा ताइवानमा युनिभर्सियाड २०१७ मा भाग लिएको थियो । रासस